Like us!
Follow us!
Connect us!
Watch us!

बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

अर्थ संसार

मंगलबार, २७ माघ २०८२, ११ : ०८ मा प्रकाशित

बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ९०० रुपैयाँले उकालो लागेको हो । 

यससँगै छापावाल सुन प्रतितोला  ३ लाख ५ हजार ५ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा ३ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै,आज चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेको हो । यससँगै चाँदी आज तोलामा ५ हजार २ सय ४० रुपैयाँमा कायम भएको छ। हिजो चाँदी तोलामा ५ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको