अर्थ संसार, काठमाडौँ– माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक भारतीय कम्पनी जिएमआरले विद्युत् खरिद सम्झौता गर्न नसक्दा परियोजना एक पछि अर्को गर्दै पछाडि धकेलिएको छ ।
कुल नौ सय मेगावाट क्षमताको सो आयोजनाको वित्तीय स्रोत जुटाउनका लागि समेत सम्झौता हुनु जरुरी छ । तर माथिल्लो कर्णालीको प्रवद्र्धक जिएमआरले हालसम्म कुनै पनि निकायसँग सम्झौता गर्न सकेको छैन ।
आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश सरकार र भारतको हरियाणा राज्यलाई बेच्ने भनेको जिएमआरले दुवै सरकारसँग सम्झौता गर्न नसकेको हो ।
आफै आर्थिक रुपमा नराम्ररी समस्यामा परेको भारतीय कम्पनीले सम्झौताको प्रक्रिया अगाडि बढाएको दावी गरेपनि कुनै परिणाम प्राप्त हुन सकेको छैन ।
पैसा अभावमा भारतीय कम्पनीले सुर्खेत र अछामका आयोजना प्रभावितलाई मुआब्जा समेत वितरण गरेको छैन । नेपाली प्रवद्र्धकलार्ई सौताको व्यवहार गर्दै विदेशी कम्पनीको हितमा निर्णय गर्दै आएको सरकारले गरेको सबै प्रयासका बाबजूद पनि भारतीय कम्पनीले आर्थिक स्रोत जुटाउन नसकेको हो ।
बंगलादेश र हरियाणा राज्यलाई विद्युत् बेच्न नसकेपछि जिएमआरले नेपाल विद्युत् प्राधिकरणलाई समेत विद्युत् खरिदका लागि आग्रह गरेको बुझिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस