सरकारले चालु आर्थिक वर्षको बजेट ठूलो मात्रामा संशोधन गर्दै कुल खर्च घटाएको छ। सुरुको १९.६४ खर्ब रुपैयाँको बजेट घटाएर १६.८८ खर्बमा सीमित गरिएको छ, जुन कुल विनियोजनको करिब ८६ प्रतिशत हो।
संशोधित अनुमानअनुसार चालु खर्च ११.२५ खर्ब, पुँजीगत खर्च २.४३ खर्ब र वित्तीय व्यवस्थामा ३.१९ खर्ब रुपैयाँ खर्च हुने छ। आन्दोलनपछिको असामान्य अवस्था, आयोजना पुनः प्राथमिकीकरण र खर्च कटौतीका कारण बजेट संशोधन गरिएको सरकारको भनाइ छ। पुँजीगत खर्च पूर्वतयारीको अभाव र भुक्तानी ढिलाइले घटेको छ भने चालु खर्चमा निर्वाचन, सामाजिक सुरक्षा र राहतलाई प्राथमिकता दिइएको छ। खर्च नियन्त्रणका लागि भत्ता कटौती, वैदेशिक भ्रमणमा कडाइ र नयाँ दरबन्दी रोक्ने नीति लिइएको छ।
पूर्णपाठ
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस