हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.३१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको सञ्चालन आम्दानी बढेसँगै खुद नाफा पनि बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ७४.७४ प्रतिशत बढेको छ भने कुल आम्दानी ७६.१७ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल खर्च समीक्षा अवधिमा ११५.२५ प्रतिशत बढेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १७ पैसा बढेर १ रुपैयाँ २३ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ६७ रुपैयाँ ३८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७२०.९० गुणा रहेको छ। १ अर्ब ५८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५५ करोड १२ लाख रुपैयाँ सञ्चित छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस