Like us!
Follow us!
Connect us!
Watch us!

उम्मेदवारलाई नेपाली कांग्रेसको निर्देशन - आर्थिक सहयोगका लागि व्यवसायीलाई दबाब नदिनू

अर्थ संसार

शुक्रबार, ०१ फागुन २०८२, १२ : ३३ मा प्रकाशित

उम्मेदवारलाई नेपाली कांग्रेसको निर्देशन - आर्थिक सहयोगका लागि व्यवसायीलाई दबाब नदिनू

नेपाली कांग्रेसले पार्टीका उम्मेदवारलाई चुनावी खर्चका लागि कुनै पनि व्यवसायीलाई दबाब नदिन स्पष्ट निर्देशन दिएको छ। ‘नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका–०८२’ सम्बन्धी ३४ बुँदे परिपत्र जारी गर्दै पार्टीले प्रचार अभियान सञ्चालनका क्रममा आवश्यक आर्थिक व्यवस्थापन गर्दा स्वतःस्फूर्त सहयोग स्वीकार गर्न सकिने, तर देशभरका साना–ठूला कुनै पनि व्यवसायीलाई दबाब दिन नहुने उल्लेख गरेको छ।

‘साझा दायित्वरसाझा स्वामित्व’ बोधका साथ पार्टीका सदस्यहरूको सहभागितामा सहकार्यको निश्चित कोष क्षेत्रमा खडा गरेर चुनावी अभियानलाई भरथेग गर्ने, फजुल खर्च नगर्ने र चुनाव सकिएको १५ दिनभित्र निर्वाचन आयोगलाई खर्च विवरण उपलब्ध गराउने'परिपत्रमा भनिएको छ। 

त्यसैगरी, पूर्व शिक्षक, पूर्व सैनिक, पूर्व प्रहरी, पूर्व कर्मचारीलगायत अवकाशप्राप्त व्यक्तिहरूको अनुभव र ऊर्जालाई समाज र पार्टीका लागि उपयोग गर्न देशव्यापी रूपमा उनीहरूलाई सम्पर्क, समन्वय र परिचालन गर्न प्रत्येक निर्वाचन क्षेत्र, पालिका र वडा समितिलाई विशेष संयन्त्र बनाएर काम गर्न निर्देशन दिइएको छ।

केही वर्ष विदेश बसेर गाउँ फर्किएका हजारौँ युवाको प्रभाव र सञ्जाललाई उपयोग गर्न विगतमा गठन गरिएको पूर्व आप्रवासी विभागमार्फत स्थानीय तहसम्म सम्पर्क र परिचालन सुदृढ गर्नुपर्ने उल्लेख छ। दलभित्र कार्यसम्पादनका क्रममा उत्पन्न असमझदारीलाई बिर्सेर सम्पूर्ण पार्टी पङ्क्ति एकताबद्ध भई चुनावमा जुट्न आह्वान गरिएको छ। ‘नवीन कांग्रेस, नयाँ युगको विकल्प’ भन्ने नारासहित मतदातामाझ नयाँ विश्वास सिर्जना गर्ने अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न पनि निर्देशन दिइएको छ।

साथै, सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएको जानकारी दिँदै पार्टीको प्रतिज्ञापत्रमा समेटिएको ‘भिजन १०’ लाई दृष्टि, दायित्व र गन्तव्यका रूपमा लिएर केन्द्रित हुन आग्रह गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको