श्रमिक महिलाहरुको महान चाडको रुपमा रहेको ८ मार्च श्रमिक महिलाहरुको एकता, वीरता र संघर्षको गौरवमयगाथा संग गाँसिएको दिनहो ।
आजभन्दा १६१ बर्ष अगाडी सन १८५७मा अमेरिकाको सुती कारखानाबाट महिला नेतृ क्लारा जेटकिनको नेतृत्वमा ८ घण्टा कार्य दिवस, उचित ज्याला जस्ता माग राखी महिलाहरुले संघर्षको थालनी गरे । संघर्ष आन्दोलनले श्रमिक महिलाहरुलाई अझ बढी संगठीत हुन प्रेरित ग¥यो । यस क्रममा ६ मार्च १९७६ मा अन्तर्राष्ट्रिय महिला सम्मेलन भयो । सम्मेलनले अन्तर्राष्ट्रिय महिला संघ गठन गर्यो ।
सन १९१० मा कोपेन हेगनमा दोश्रो अन्तर्राष्ट्रिय महिला सम्मेलन भयो । सम्मेलनले श्रमिक महिलाहरुलाई राजनीतिक, आर्थिक र सामाजिक अधिकारको प्रत्याभूती हुनुपर्ने मागलाई प्रस्तावको रुपमा अगाडी साथै माग प्राप्तीका लागि विश्वव्यापी रुपमा आन्दोलनलाई अगाडी बढाउने र हरेक बर्षको मार्च ८ का दिनलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउने निर्णय ग¥यो । यसरी सन १९११ देखी ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउन थालिएको १०७ बर्ष व्यतित भएको छ ।
८ मार्चको दिनबाट शुरु भएको महिला अधिकारको आन्दोलन आज पर्यन्त जारी छ । महिलाहरुले आप्mनो हक अधिकारका लागि आन्दोलनबाट प्राप्त गरेका राजनीतिक आर्थिक, सामाजिक अधिकारहरु उल्लेखनीय छन । तर तिनको व्यवहारीक कार्यान्वयन अहिलेको चुनौतीको बिषय बनेको छ ।
श्रमिक महिलाका सवालमा प्राप्तभएका उपलव्धीको कार्यान्वयनका लागि स्वयं श्रमिक महिलाको भूमिका प्रभावकारी बन्न जरुरी छ । जब सम्म नीति निर्माणको तहमा महिलाहरुले नेतृत्वगर्ने सामथ्र्यतताको विकास हुदैन तव सम्म महिला अधिकार र समानता स्थापित गर्न चुनौती बन्ने देखिएको छ ।
ट्रेड यूनियन आन्दोलन भित्र श्रमिक महिलाको सहभागीता न्युन नै छ । समावेशीताको आन्दोलनले ट्रेड यूनियन आन्दोलन भित्र पनि प्रभाव पारेको छ । ३३ प्रतिशतको मात्रै होइन, मुख्य सवाल भनेको महिलाले पनि नेतृत्व गर्न सक्ने क्षमता राख्ने र महिलालाई पनि नेतृत्वमा पुर्याउनु पर्दछ भन्ने सोंच चिन्तनको विकास गर्ने बिषय हो ।
तर अहिले यूनियनआन्दोलन भित्र के देखीएको छ भने महिलाहरु समावेशीता अन्तरगत पाएको अवसर सम्मलाई येन केन जिम्मेवारी लिने तर समग्र आन्दोलनको नेतृत्वको लागि तत्परता पनि नदेखाउने र क्षमता विकास तर्पm पनि ध्यान नदिने समस्या नै यूनियन आन्दोलन भित्र महिला सहभागिताको ज्वलन्त बिषय बनेको छ ।
यस्तै यूनियन आन्दोलन भित्र पनि पितृ सतात्मक सोंच चिन्तन कायमै छ , महिलाले नै पनि नेतृत्व गर्नु पर्दछ वा गर्न सक्छन भन्ने मानसिकता विकास हुन सकेको छैन । संगठनका अध्यक्ष तथा महासचिव जस्ता पदहरुमा महिलाले पनि नेतृत्व गर्नु पर्दछ भन्ने स्वत स्पूmर्त खालको भावना विकास भएको छैन ।
यसरी यूनियन आन्दोलन भित्र महिला सहभागीता र नेतृत्वमा देखा परेको चुनौतीका कारण श्रमिक महिलाका लागि जे जति अधिकार प्राप्त भएका छन, तिनको कार्यान्वयनमा चुनौती नै खडा भएका छन ।
आज श्रमिक महिलाहरुका सामू समान कामक लागि समान ज्याला, वृत्ति विकास र जिम्मेवारीमा समान अवसर, सेवा सुरक्षाको ग्यारेन्टी, जिवन निर्वाह गर्न पुग्ने तलब सुविधाको प्रत्याभूती, सामाजीक सुरक्षा र मातृव संरक्षण अन्तरगतका सुविधा प्राप्तीको बिषय झन चुनौतीपूर्ण बन्दैछ ।
श्रमिक महिलाका समस्या समाधानका लागि ट्रेड यूनियन भित्र महिला सहभागिता र नेतृत्व महत्वपूर्ण हुन्छ । अतः ट्रेड यूनियन आन्दोलन भित्र महिला सहभागीता अभिबृद्धि गर्न स्वयं ट्रेड यूनियनले बिशेष ध्यान दिनु पर्दछ ।
पहिलो, महिलाको सहभागीता र प्रतिनिधित्व विना, आन्दोलन सफल हुन सक्दैन भन्ने भावनालाई यूनियन नेतृत्वले आत्मसात गर्न जरुरी छ ।
दोश्रो, स्वय : महिलाहरुले समावेशीताका आधारमा नेतृत्वमा पुगेर चित्त बुझाउने होइन, समावेशीताबाट आफ्नो नेतृत्व क्षमताको विकास गरेर समग्र आन्दोलनको नेतृत्व गर्न सक्षमहुने गरी आफूलाई तयार गर्नु पर्दछ । सधै भरी समावेशीताका आधारमा प्रतिनिधित्व गर्ने बिषयले क्षमता विकासमा ह्रास ल्याउछ ।
तेश्रो, सामाजीक न्याय र समानताको मूल्य मान्यतालाई स्थापीत गर्ने हो भने महिलाहरुले पनि नेतृत्व गर्न सक्छन भन्ने मान्यताका साथ महिला सहभागीता र विकास गर्नमा जोड दिनु पर्दछ ।
चौथो, ८ मार्चको ऐतिहासिक महत्व छ र यस अवसरमा सार्वजनिक बिदा पनि हुन्छ । यस दिनलाई उत्सवको रुपमा मनाउने, यस दिनको अवसरमा भेला, गोष्ठी, प्रदर्शन जस्ता कार्यक्रम गरेर व्यापक रुपमा महिलाहरुलाई सहभागी गराउन आवश्यक छ । तर यस बिदालाई केवल घरमा बसी आराम गर्ने वा अन्य व्यक्तिगत काम तर्पm ब्यस्त हुने गरेको पाईन्छ । यस किसिमको परिपाटीले ८ मार्चको महत्व आम श्रमिक महिला विचमा स्थापित हुदैन ।
पाँचौ, ट्रेड यूनियनहरुले संचालनगर्ने प्रशिक्षण कार्यक्रममा ८ मार्चको सैद्धान्तीक एवं वैचारिक बिषयको महत्वका बारेमा बिषय नै उल्लेख गरेर प्रशिक्षण प्रदान गर्न सकियो भने ८ मार्चको महत्वको बिषय आम सदस्यहरु विच सम्प्रेषण हुन्छ । साथै प्रशिक्षणका सन्दर्भमा महिला सरोकारीत समस्यालाई पनि ट्रेड यूनियनभित्र छलफल र प्रशिक्षणको बिषय बनाउनु पर्दछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस