सालपा विकास बैंक लिमिटेडको साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ । शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सो कम्पनीको ५२ लाख २३ हजार ८८० कित्ता सेयर सूचीकृत भएको हो ।
सूचीकृत भएको सो आईपीओ अव सोमबारदेखि कारोबारमा आउने भएको छ । सो कम्पनीले सर्वसाधारण सेयरधनीको लागि ३३ प्रतिशत र संस्थापक सेयरधनीको लागि ६७ प्रतिशत सेयर सूचीकृत भएको छ । कम्पनीको ओपनिङ रेन्ज १०० रुपैयाँ देखि ३०० रुपैयाँ तोकिएको छ ।


अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस