Like us!
Follow us!
Connect us!
Watch us!

तरलता फालाफाल : केन्द्रीय बैंकले आज फेरि ४० अर्ब बैंकिङ प्रणालीबाट तान्दै

अर्थ संसार

मंगलबार, ०५ फागुन २०८२, १० : २६ मा प्रकाशित

तरलता फालाफाल : केन्द्रीय बैंकले आज फेरि ४० अर्ब बैंकिङ प्रणालीबाट तान्दै

वित्तीय संस्थाबाट हुने लगानी बढ्न नसक्दा बैंकिङ क्षेत्रमा यतिबेला तरलता थुप्रिने क्रम जारी छ ।  बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिने क्रम नरोकिँदा नेपाल राष्ट्र बैंकले आज फेरि निक्षेप खिच्ने भएको छ ।

केन्द्रीय बैंकले आज फागुन ५ गते फेरि निक्षेप संकलनबाट बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको हो।  यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

यो ८९ दिने निक्षेप संकलन उपकरणको आउँदो २०८३ जेठ ३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको