Like us!
Follow us!
Connect us!
Watch us!

टी–२० विश्वकप : नेपालको सान्त्वना जित, स्कटल्यान्ड ७ विकेटले पराजित

अर्थ संसार

मंगलबार, ०५ फागुन २०८२, २२ : ३८ मा प्रकाशित

टी–२० विश्वकप : नेपालको सान्त्वना जित, स्कटल्यान्ड ७ विकेटले पराजित

टी–२० विश्वकप अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल विजयी भएको छ । सान्त्वना जित निकाल्ने क्रममा नेपालले स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको हो । 

स्कटल्यान्डले दिएको १७१ रनको लक्ष्य नेपाले १९.२ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको हो । नेपालका लागि दीपेन्द्र सिंह ऐरिले सर्वाधिक ५० रनको योगदान दिए । त्यस्तै कुशल भुर्तेलले ४३ रन बनाए भने आसिफ शेखले ३३ रनको पारी खेले । गुल्सन झाले २४ रनको योगदान दिए भने कप्तान रोहित पौडेलले १६ रन बनाए । 

यस अघि मुम्बईस्थित वानखेडे मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले १७० रन बनाएको थियो । स्कटल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा १७० रन जोड्यो । उसका लागि माइकल जोन्सले ७१ रन जोडे । जर्ज मुन्सीले २७, ब्रेन्डन म्याकमुलनले २५ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । नन्दन यादवले दुई तथा रोहित पौडेल र कुशल भुर्तेलले एक–एक विकेट लिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको