Like us!
Follow us!
Connect us!
Watch us!
सेञ्चुरीको सवै बचत खातामा ८ प्रतिशत व्याज

बचत खातामा व्याजदर घटाउँदै बैंक

विहीबार, २४ फागुन २०७४, १६ : २८ मा प्रकाशित

बचत खातामा व्याजदर घटाउँदै बैंक

अर्थ संसार, काठमाडौं– बैङकर्स संघले बचत खातामा व्याजदर ८ प्रतिशत भन्दा बढी नबनाउने निर्णय गरेसँगै बैंकहरुले धमाधम व्याजदर घटाउन थालेका छन् । बजारमा तरलता अभाव बढ्दै गएपछि बैंकमा व्याजदर बढाउने होडबाजी नै चलेको थियो ।

बैंकहरु विच व्याजदरमा अस्वास्थ्य प्रतिस्पर्धा बढेपछि बैंङकर्स संघले यस्तो नियम ल्याएको हो । संघको नियम अनुसा सेञ्चुरी बैंक लिमिटेडले सवै किसिमको बचत खातामा बार्षिक ८ प्रतिशत व्याजदर दिने भएको छ । बैंकले शून्य मौज्दात देखि न्यूनतम मौज्दात एक लाख रुपैयाँ भएका खातामा समेत समान व्याजदर दिइएको बैंकले जनाएको छ । बैंकका अनुसार बुधारदेखि नै यो व्याजदर लागू  भैसकेको छ ।

अब सेञ्चुरीमा शून्य मौज्दातमा खोलेको खातामा पनि वार्षिक ८ प्रतिशत व्याजदर पाइन्छ भने एक लाख रुपैयाँ मौज्दात भएका खातामा पनि त्यति नै व्याजदर पाइन्छ । त्यसबाहेक यस बिचका मौज्दात भएका खातमा पनि ८ प्रतिशत नै व्याज पाइने बैकले जानकारी गराएको छ । हालैमात्र बैङकर्स संघले बचत खाताको व्याजदर ८ प्रतिशत भन्दा बढी नबानउने निर्णय गरेको थियो ।

यसअघि बचत खातामै १०.५० प्रतिशतसम्म व्याज दिने घोषणा गरेको वाणिज्य बैंकले पनि अहिले घटाएर ८ प्रतिशतमा सिमित राखेका छन् । तरलता अभाव बढ्दै गएपछि बैंकमा व्याजदर बढाउने होडबाजी नै चलेको देखिन्छ । उता, मुद्दती निक्षेपमा भने अधिकांश वाणिज्य बैंकले ११ प्रतिशतको हारहारीमा व्याज दिइरहेका छन् ।

तर, विकास बैंक र फाइनान्स कम्पनीको व्याजदर भने वाणिज्य बैंकको भन्दा बढी छ । बैंकमा लागनीयोग्य रकम अभाव भएपछि निक्षेपमा तानातान सुरु भएको छ । लगानी गर्ने पैसाको कमी भएपछि यसले शेयर बजारलाई पनि प्रभावित बनाउँदै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको