Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मणले दिए राजिनामा, निहुँ १२ प्रतिशत व्याजदर

शुक्रबार, २५ फागुन २०७४, ०८ : ४२ मा प्रकाशित

एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मणले दिए राजिनामा, निहुँ १२ प्रतिशत व्याजदर

अर्थ संसार, काठमाडौं– ग्राहकलाई छिटोछरितो सेवा दिनु भन्दा पनि प्रचारप्रसारमा आक्रमक बनेको एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले राजिनामा दिएका छन् ।

रिसालले बुधबार  बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवाललाई राजिनामा बुझाएका छन् ।
पछिल्लो समयमा सञ्चालक समितिसँगै दुरी बढेका कारण रिसालले २ वर्षका लागि बैंकले गरेको सम्झौता सकिनुभन्दा २ महिना पहिले नै रिसालले राजिनामा दिएका हुन् ।

प्रमुख कार्यकारी अधिकृतहरुको संस्था बैंकर्स संघले केही समय अघि मात्र मुद्धतीको व्याजदर ११ र साधारण बचतको व्याजदर ८ प्रतिशतभन्दा माथि नलैजाने निर्णय गरेको थियो ।

बैंकर्स संघको  ११ प्रतिशत ननाघ्ने निर्णय भन्दा माथि उठेर एनआईसी एशिया बैंकले १२ प्रतिशत व्याजदरको मुद्धती बचत खाता सञ्चालनमा ल्याएको छ ।

यही व्याजदरका विषयमा बढेको विवादका कारण रिसालले बुधबार नै बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवाललाई राजिनामा दिएको बुझिएको छ ।

यो पनि पढ्नुहोस्

बचत खातामा व्याजदर घटाउँदै, बैंकसेञ्चुरीको सवै बचत खातामा ८ प्रतिशत व्याज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको