नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी निर्वाचनबाट कांग्रेस सबैभन्दा ठुलो दलका रूपमा स्थापित हुने दाबी गरेका छन्। पार्टी मुख्यालय सानेपामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले विशेष महाधिवेशनपछि कांग्रेस 'नवीन' भएर आएको र यसले पार्टीमा नयाँ उत्साह भरेको जिकिर गरे।
सांगठनिक रूपान्तरण र जनताको बढ्दो आकर्षणका कारण आगामी चुनावमा कांग्रेसले पहिलो शक्तिको रूपमा आफूलाई उभ्याउने विश्वास व्यक्त गर्दै उनले अबको यात्रा विजयतर्फ केन्द्रित रहेको बताए।
उनले भने, ‘कुनै दल नागरिकले नयाँ खोज्नुभएको हो भने जेनजी मुभमेन्ट पछाडि नयाँ भएर आएको कांग्रेस छ। यदि नागरिक पङ्क्तिले परिवर्तन खोज्नुभएको हो भने जेनजी मुभमेन्ट पछाडि परिवर्तन नै भएर आएको चाहिँ कांग्रेस छ। जो आफूलाई बदल्न सक्छ, त्यसले नै देशलाई बदल्न सक्छ। अहिले प्रधानमन्त्री पदको लागि कुनै व्यक्तिको व्यक्तित्व, कसको भिजनले, कसको बौद्धिकताले, कसको मुभमेन्टले नेपाली समाजमा सबैभन्दा बढी उद्वेलित गराइरहेको छ, प्रभाव पारिरहेको छ भने कांग्रेसका सभापति गगन थापा अब प्रधानमन्त्री बन्ने गरी एउटा मुभमेन्ट राष्ट्रव्यापी बढिरहेको अवस्था छ।’
उनले कांग्रेसमा विगतमा पार्टी छाडेर जानेहरू फर्किने क्रम बढिरहेको बताए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस