अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा पूर्णगोपाल रञ्जित नियुक्त भएका छन्। कम्पनीको माघ १९ गते बसेको बैठकले उनलाई माघ २० गतेदेखि लागू हुने गरी यो जिम्मेवारी दिएको हो। यसअघिका सिइओ मोहनप्रसाद गौतमको अवकाश भएपछि कम्पनीको नियमअनुसार रञ्जितलाई सो पदमा चयन गरिएको हो।
२०५८ सालमा नेपाल विद्युत प्राधिकरणको ५औँ तह (सुपरभाइजर) बाट सेवा प्रवेश गरेका रञ्जितले करिब ८ वर्ष ९२०५८ देखि २०६५ सालसम्म० काभ्रे वितरण केन्द्रमा रहेर कार्य गरे । त्यसपछि सहायक इन्जिनियरबाट माथिल्लो तामाकोसीमा काम गर्दै उनी हाल १०औँ तह अर्थात् प्रबन्धकको जिम्मेवारीमा पुगेका छन् ।सहायक इन्जिनियरको रूपमा सेवा सुरु गरेका उनले प्राधिकरणको ६, ७, ८ र ९ र १०औँ तहसम्म खुल्ला तथा आन्तरिक प्रतिस्पर्धाबाट बढुवा हुँदै आएका हुन् । उनीसँग प्राविधिक र प्रशासनिक दुवै क्षेत्रको बलियो शैक्षिक पृष्ठभूमि र लामो अनुभव रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस