Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकपको समूह चरणको अन्तिम खेल आज : प्रतिष्ठाको लडाइँमा अष्ट्रेलिया

अर्थ संसार

शुक्रबार, ०८ फागुन २०८२, १४ : ५९ मा प्रकाशित

विश्वकपको समूह चरणको अन्तिम खेल आज : प्रतिष्ठाको लडाइँमा अष्ट्रेलिया

टि–२० विश्वकपको अन्तिम खेल आज हुँदैछ । भारत र श्रीलंकामा जारी प्रतियोगिताको अन्तिम खेलमा आज अष्ट्रेलिया र ओमान भिड्दैछन् । खेल साँझ ७ः१५ बजे सुरु हुनेछ । 

६ पटकको एकदिवसीय र १ पटकको २० ओभरको विजेता अष्ट्रेलिया यो पटक भने समूह चरणबाटै बाहिरिएको छ । जिम्बाब्वे र आयरल्याण्डबीचको खेल बर्षाले रद्द भए पछि जिम्बाब्वे सुपर ८ मा पुग्यो भने अष्ट्रेलियाको यात्रा समाप्त भयो । सन् २०२१ को २० ओभरको विश्वकपको विजेता टोली सन् २००९ पछि पहिलो पटक समूह चरणबाट बाहिरिएको हो । 

आजसम्म खेलका तीन मध्ये एक खेलमा मात्रै अष्ट्रेलियाले जित निकालेको छ । जुन आयरल्याण्ड विरुद्धको ६७ रनको जित छ । यो प्रतियोगितामा ओमानले भने अहिलेसम्म कुनै पनि खेल जित्न सकेको छैन । निराश प्रदर्शन गरेको अष्ट्रेलिया आजको खेलमा जित निकाल्दै सुखत अन्त्य गर्ने योजनामा रहेको छ । बलियो टोलि अष्ट्रेलियालाई हराएर सुखत अन्त्य गर्ने लक्ष्यमा हुनेछ ओमान पनि । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको