Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यकाे उच्च वृद्धिमा ब्रेक, बढ्ने क्रम भने जारी

अर्थ संसार

शनिबार, ०९ फागुन २०८२, ०८ : ३० मा प्रकाशित

सुनको मूल्यकाे उच्च वृद्धिमा ब्रेक, बढ्ने क्रम भने जारी

यो साता सुनको मूल्य सामान्य बढेको छ । अघिल्ला हप्ताहरुको जस्तो उच्चदरको वृद्धि र उच्च दरको गिरावट यो साता देखिएनन् । गत फागनु १ गते शुक्रबारयता फागनु ८ गते शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य १ हजार २०० रुपैयाँले मात्र बढेको छ ।

अघिल्ला हप्ताहरुमा २० देखि ३० हजारसम्म बढ्ने गरेको सुनको मूल्य यो साताभने त्यति धेरै उतारचढाब देखिएन् । यो साता नेपाली बजारमा सुनको मूल्य तोलाको ३ लाखभन्दा माथिकै मूल्यमा कारोबार भइरहेको हो । 

फागनु १ गते ३ लाख ३ हजार ५०० रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य  शुक्रबारसम्म आइपुग्दा ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, फागुन ३ गते सुनको मूल्य बढेर ३ लाख ५ हजार ८०० रुपैयाँ पुगेको थियो । अघिल्लो दिनको तुलनमा त्यसदिन प्रतितोला सुनको मूल्य १ हजार ८०० रुपैयाँले बढेको थियो । त्यस्तै, फागुन ४ गते प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँ, फागुन ५ गते ३ लाख १ हजार ९०० रुपैयाँ, फागुन ६ गते ३ लाख ४०० रुपैयाँ र फागुन ७ गते ३ लाख ४ हजार ७०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको