Like us!
Follow us!
Connect us!
Watch us!

७ महिनामा व्यापार घाटा ९ खर्ब बढी, ११ खर्बको आयात हुँदा डेढ खर्बको मात्रै निर्यात

अर्थ संसार

शनिबार, ०९ फागुन २०८२, ०८ : ३५ मा प्रकाशित

७ महिनामा व्यापार घाटा ९ खर्ब बढी, ११ खर्बको आयात हुँदा डेढ खर्बको मात्रै निर्यात

चाल आर्थिक वर्ष २०८२/८३ काे ७ महिना (साउन–माघ)मा नेपालको व्यापार घाटा ९ खर्ब भन्दा बढी रहेको देखिन्छ । भन्सार विभागको तथ्यांक अनुसार नेपालको व्यपारा घाटा ९ खर्ब ५५ अर्ब ३४ करोड रुपैयाँ पुगेको हो । 

चालु आर्थिक वर्षको ७ महिनामा आयात र निर्यात दुबै बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आवको माघसम्म निर्यात ३२.१९ प्रतिशत र आयात १३.६५ प्रतिशतले  वृद्धि भएको छ । विभागका अनुसार चालु आवमा ११ खर्ब  २३ अर्ब ४८ करोड ६२ लाख रुपैयाँको आयात भएको छ । जुन गत आवको तुलनमा १३.६५ प्रतिशतले बढी हो । गत आवमा ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयँको आयात भएको थियो । त्यस्तै, निर्यात ३२.१९ प्रतिशतले बढेको छ । निर्यात १ खर्ब ६८ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा निर्यात १ खर्ब  २७ अर्ब २० करोड ४८ लाख रुपैयाँ थियो ।

यस अवधिमा आयात–निर्यात अनुपात भने घटेको छ । अघिल्लो वर्ष ७.७७ रहेको आयात–निर्यात अनुपात चालु वर्षमा घटेर ६.६८ मा झरेको छ । कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा ११.४० प्रतिशतबाट बढेर १३.०२ प्रतिशत पुगेको छ भने आयातको हिस्सा ८८.६० प्रतिशतबाट घटेर ८६.९८ प्रतिशतमा सीमित भएको छ ।

गत वर्ष ७ महिनामा नेपालको वैदेशिक व्यापारको आकार ११ खर्ब १५ अर्ब ७९ करोड २५ लाख २९ हजार रहेकामा यस वर्षको सोही अवधिमा १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख ३६ हजार पुगेको छ । पहिलो ७ महिनामा कुल व्यापारमा निर्यातको हिस्सा १३.०२ प्रतिशत छ । गत वर्ष यस्तो हिस्सा ११.४० प्रतिशत थियो। त्यसैगरी आयातको हिस्सा ८६.९८ प्रतिशत छ । गत वर्ष ८८.६० प्रतिशत थियो। तुलनात्मक रुपमा कुल व्यापारमा आयातको हिस्सा गत वर्षको ७ महिनाको तुलनामा यस वर्ष ७ महिनामा १.८३ प्रतिशतले ऋणात्मक छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको