Like us!
Follow us!
Connect us!
Watch us!

२७ बैंकले रोके एनआईसी एसियासँगको कारोबार

शुक्रबार, २५ फागुन २०७४, १३ : ०१ मा प्रकाशित

२७ बैंकले रोके एनआईसी एसियासँगको कारोबार

अर्थ संसार, काठमाडौं– २७ वटा बाणिज्य बैंकले एनआईसी एसिया बैंकसँगको बैकिङ सम्बन्ध ‘बिच्छेद’ गरेका छन् ।

बचत र मुद्धति निक्षेपमा ग्राहकलाई दिइने ब्याजदरमा सीमा नाघेको भन्दै बैंकर्स संघमा आवद्ध बैंकहरुले अन्तर बैंक वित्तीय कारोबार बन्द गरेका हुन् ।

बैंकर्स संघले नै एनआइसी एसिया बैंकसँग तत्काल कुनै पनि कारोबार नगर्ने निर्णय गरेको छ । एनआईसी एसियाले ब्याजदर नबढाउने प्रतिवद्धता कार्यान्वयन नगरेको भन्दै संघको यस्तो ‘एक्सन’ लिएको हो ।

शुक्रबार आकस्मिक रुपमा बसेको संघको बैठकले एनआईसी एसियासँग कुनैपनि अन्तर बैंक कारोबार नगर्ने निर्णय गरेको अध्यन ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए ।

गत शुक्रबार संघमा आवद्ध बैंकहरुले बचत खातमा ८ र एक वर्षे मुद्धतिमा ११ प्रतिशतभन्दा बढी ब्याजदर कायम नगर्ने सहमति गरेका थिए । सहमति लगत्तै एनआईसी एसिया बैंकले बचतको ब्याजदर ८ प्रतिशतमा ओरालेको दावी बैंकर्स संघको छ ।

तर, बिहीबार फेरि एनआईसी बचतको ब्याज १० प्रतिशत र मुद्धतिमा १२ प्रतिशत ब्याज दिने निर्णय गरेको थियो ।

त्यसैअनुसार सूचना सार्वजनिक भएपछि बैंकर्स संघले शुक्रबार बिहान बैंकको ब्याजदर बढाउने निर्णयमाथि समीक्षा गनै बैठक बोलाएको थियो ।

एनआईसीको सञ्चालक समितिले ब्याजदर बढाउने निर्णय गरे लगत्तै बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल विदामा बसेका छन् । उनले बैंकर्स संघमा गरेको प्रतिवद्धता विपरीता बोर्डको निर्णय आएपछि नैतिकताको कारण देखाउँदै राजीनामा दिएको दावी बैंकर्स संघको दावी छ ।

‘एनआईसी एसिया बैंकका पछिल्ला गतिविधिले बैंकिङ क्षेत्रमा सिस्टमेटिक रिस्क ल्याउने देखेकाले तत्कालका लागि इन्टर बैंक ट्रान्ज्याक्सन बन्द गर्ने निर्णयमा पुगेका हौं,’ अध्यक्ष ढुंगानाले भने,’बैंकमा सीईओले पनि राजीनामा दिएपछि बैंकिङ प्रणालीमा जोखिम देखेपछि एनआईसीसँगको कारोबार बन्द गरेका हौं ।’

यस विषयमा थप छलफल गर्न बैंकर्स संघले आइतबार पनि बैठक डाँकेको छ । अनलाइनबाट

यो पनि पढ्नुहोस्

एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मणले दिए राजिनामा, निहुँ १२ प्रतिशत व्याजदर

बचत खातामा व्याजदर घटाउँदै, बैंकसेञ्चुरीको सवै बचत खातामा ८ प्रतिशत व्याज

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको