पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई केन्द्र बनाएर वाम आन्दोलनलाई सशक्त बनाउन सबै क्रान्तिकारी कम्युनिस्टहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन्। उनले ७४ सालमा एमालेसँग मिलेर नेकपा बनाएका भए पनि त्यस एकतालाई टिकाउन नसकेको स्मरण गर्दै नेतृत्वको गलत सोच र कार्यशैलीले एकता खस्किएको स्पष्ट पारे।
प्रचण्डका अनुसार जेनजी आन्दोलनपछि उत्पन्न विषम परिस्थितिले फेरि वामपन्थी, देशभक्त, समाजवादी र कम्युनिस्टहरूलाई एकताबद्ध हुनुपर्ने आवश्यकतालाई अझ बलियो बनाएको छ। केपी ओलीको गलत सोच र कार्यशैलीका कारण एमालेभित्र विद्रोह बढेको उनले औंल्याए।
उनले भने,‘एमालेका हिजोका मन्त्री, सांसद भइसकेका नेताहरू पनि नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्नुभयो। अहिले जे भएपनि नेपाल कम्युनिस्ट पार्टी बनिसकेपछि ध्रुवीकरणको एउटा नयाँ माहोल बनेको छ। केही समयभित्र अन्ततः फेरि सबै वामपन्थी कम्युनिस्ट हामी एकै ठाउँमा हुनेछौँ। एमाले भित्रैकै पनि तपाईँहरू जस्तै साथीहरूले विद्रोह गर्दै फेरि एकताको झन्डा उठाउन सहयोग गर्नेछन्। र हामी एकताबद्ध हुनेछौँ। निर्वाचन आउन अब केही दिन मात्रै बाँकी छ। मैले देशभरिको रेकर्ड मैले त दिनदिनै हेरिराखेको छु। सबै हेर्दा दिनप्रतिदिन हाम्रो प्रगति हुँदै गएको छ। हामी एक नम्बर पार्टी हुने सम्भावना छ। नभए पनि हामी प्रतिस्पर्धी पार्टी हुनेछौँ।
आउँदो सरकारमा नेकपाको भूमिका महत्त्वपूर्ण हुने उनको विश्वास छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस