Like us!
Follow us!
Connect us!
Watch us!

७५ मेगावाटको त्रिशूली गल्छी जलविद्युत आयोजनामा चिनियाँ लगानी

शुक्रबार, २५ फागुन २०७४, १८ : २२ मा प्रकाशित

७५ मेगावाटको त्रिशूली गल्छी जलविद्युत आयोजनामा चिनियाँ लगानी

अर्थ संसार, काठमाडौं– लगानीकर्ताको चासोमा रहेको त्रिशूली जलविद्युत आयोजना ७५ मेगावाटको पूर्ण क्षमतामा नै बन्ने भएको छ ।

७५ मेगावाटको त्रिशुली गल्छी जलविद्युतय आयोजनामा चिनियाँ कम्पनीले लगानी गर्ने भएपछि ७५ मेगावाटको पूर्ण क्षमतामा नै निर्माण हुने भएको हो ।

बजारमा तरलताको अभाव बढेसँगै आयोजनमा लगानी अभावका कारण यसअघि आयोजनाको क्षमता घटाएर ३२ मेगावाट कायम गर्ने निर्णय भएको थियो ।

तर, आयोजनामा चिनियाँ कम्पनीले लगानी गर्ने सुनिश्चित भएपछि क्षमता नघटाउने निर्णय भएको कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले बताउनुभयो ।

‘आवश्यक लगानी जुटेकाले ७५ मेगावाटमै आयोजना बन्छ’ अध्यक्ष न्यौपानेले भन्नुभयो ‘इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्सट्रक्सन फाइनान्स (इपिसी–एफ) मोडलमा चिनियाँ कम्पनीले निर्माण गर्नेबारे प्रक्रिया अन्तिम चरणमा पुगेको छ,’ अध्यक्ष न्यौपानेको अनुसार ठेक्का पाउने कम्पनीले पनि लगानी गर्नुको साथै आयोजनामा चिनियाँ कम्पनी सहित स्वदेशी बैंक पनि लगानी गर्न अग्रसर रहेको छ ।

आयोजनास्थलमा अहिले आवासगृह, सडकलगायत पूर्वाधार निर्माण भइरहेको छ । आगामी वैशाखबाट आयोजना निर्माण सुरु गरी ३६ महिनामा पूरा गर्ने कम्पनीको लक्ष्य छ । आयोजनाको लागत करिब १७ अर्ब २६ करोड रुपैयाँ अनुमान गरिएको छ ।

 

5aa28469dc078.jpg 5aa2846a14819.jpg 5aa2846a5fe15.jpg 5aa2846a6f180.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको