नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न निर्वाचनमा कुनै पनि दलसँग तालमेल नगर्ने स्पष्ट पारेका छन्। बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले नेकपा पहिलो दिनदेखि नै आफ्नै एजेन्डाको बलमा चुनावमा जानेमा दृढ रहेको बताए। वेलावेलामा मिडियामा तालमेलका खबर आएकोमा आपत्ति जनाएका छन् ।
प्रचण्डले भने,‘हामी यसपटक न २३ गतेको निम्ति जिम्मेवार दलहरूसँग समीकरण गर्ने पक्षमा छौँ, न २४ को विध्वंस गर्नेहरूसँग नै समीकरण गर्ने पक्षमा छौँ। तर, वेलावेलामा मिडियामा समीकरण बन्ने भयो रे भन्ने खालका चर्चाहरू आउने गरेका छन्, र हामीले लगातार नै त्यसको खण्डन गरेका छौँ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस