Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंकको शेयर किन्ने सोचमा हुनुहुन्छ ? हेरौ, आधारभूत तथा प्राविधिक विश्लेषण

शनिबार, २६ फागुन २०७४, ०९ : ३६ मा प्रकाशित

हिमालयन बैंकको शेयर किन्ने सोचमा हुनुहुन्छ ? हेरौ, आधारभूत तथा प्राविधिक विश्लेषण

अर्थ संसार, काठमाडौं–हिमालयन बैंक लिमिटेडले सार्वजनिक गरेको आर्थिक वर्ष २०७४/७५ को दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार रू. १ अर्ब १० करोड नाफा कमाएको छ ।

यो अघिल्लो आव दोस्रो त्रैमासको तुलनामा ७ दशमलव ५९ प्रतिशतले बढी हो । खुद ब्याज आम्दानी र रू.२७ करोड २२ लाख खराब कर्जा उठाउनबैंक व्यवस्थापन सफल भएकाले नाफा बढेको हो ।

दोस्रो त्रैमासमा बैंकको चुक्तापूँजी २५ प्रतिशते बढेर रू. ८ अर्ब ११ करोड ४५ लाख पुगेको छ । रिजर्भ कोषमा रू. ४ अर्ब ६९ करोड ६५ लाख छुट्याएको छ ।

वैदेशिक मुद्रा विनिमयबाटबैंकले रू. ६ अर्ब ८१ करोड ४१ लाख आम्दानी गरेको छ । बैंककले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. २८ करोड ६ लाख छुट्याएको छ भने निष्क्रिय कर्जा १ दशमलव ३२ प्रतिशत रहेको छ । बैंकको लगानी रू. १५ अर्ब ४२ करोडभन्दा बढी रहेको छ ।

वर्गिकरणः बाणिज्य बैंक
पछिल्लो व्यापार मूल्यः रू. ६००
५२ हप्ताको उच्च व्यापार मूल्यः रू. १७१४
५२ हप्ताको न्यून व्यापार मूल्यः रू. ५८३
१८० दिनको औसत व्यापार मूल्यः रू. ७६१.८६

कम्पनीका महत्वपूर्ण अनुपात

सञ्चालक समिति 
अध्यक्षः मनोज बी श्रेष्ठ
व्यवस्थापन समिति 
कार्यकारी अधिकृतः अशोक शमशेर जे.बी. राणा
प्रधान कार्यालयः कमलादी, काठमाडौं
वेबसाइटः www.himalayanbank.com
शाखाः ४८
स्टक सङ्केतः एचबिएल

बैङ्कको पाँच वर्षको महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा)

बैङ्कका महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा)

महत्वपूर्ण अनुपात

लाभांश विवरण

आधारभूत विश्लेषण
बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दाः

  • चुक्तापूँजीको तुलनामा खुद नाफा १५ दशमलव ८७ प्रतिशतबाट घटेर १३ दशमलव ६३ प्रतिशतमा सिमित भएकोे छ । बैंकले पुस मसान्तसम्ममा रू. ९२ अर्ब ९७ करोड २७ लाख निक्षेप सङ्कलन गरी रू. ८२ अर्ब ७५ करोड ७६ लाख कर्जा प्रवाह गरेको छ ।

  • बैंकको खुद ब्याज आम्दानी रू. १ अर्ब ८६ करोड ९५ लाख, कर्मचारी खर्च रू. ५१ करोड २ लाख, अन्य सञ्चालन खर्च रू. ४१ करोड ४७ लाख र सञ्चालन नाफा रू. १ अर्ब ४० करोड ४६ लाख रहेको छ ।

  • बैंकको स्थिर सम्पत्ती रू. २ अर्ब १८ करोड ३ लाख र अन्य सम्पत्ती रू. २ अर्ब ३७ करोड ७३ लाख पुगेको छ ।

  • पूँजीकोष लागत ६ दशमलव ३८ प्रतिशत रहेको छ भने पूँजीकोष पर्याप्तता १२ दशमलव ३८ प्रतिशत रहेको छ ।

  • बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी रू. २७ दशमलव २६, मूल्य आम्दानी अनुपात (पिइ रेसियो) २४ दशमलव २१, तरलता अनुपात २१ दशमलव ८८ र प्रतिशेयर नेटवर्थ रू. १ सय ५७ दशमलव ८८ रहेको छ । बिहीवारको शेयर मूल्य नेटवर्थको करीब ४ गुणा छ ।

कम्पनीको प्राविधिक विश्लेषण

बिहीवार भएको शेयर कारोबारको विवरण

मैनबत्ती विश्लेषण

१० डिसेम्बर २०१७                                                                                                                                                               ७ मार्च २०१८

स्ट्याण्डर्ड डेभिएशन

१० डिसेम्बर २०१७                                                                                                                                                                ७ मार्च २०१८

आरएसआई

१० डिसेम्बर २०१७                                                                                                                                                                ७ मार्च २०१८

मुभिङ एभरेज

१० डिसेम्बर २०१७                                                                                                                                                             ७ मार्च २०१८

  • मैनबत्ती विश्लेषणः  बैंककोे ५५ दिनको कारोबारको अन्तिम दिनमा सेतो पुच्छर भएको मैनबत्ती बनेको छ । यस आकृतीले आगामी दिनमा शेयर मूल्य बढ्ने सङ्केत देखाउँछ ।

  • आरएसआईः  बैंकको ५५ दिनको कारोबारमा आरएसआई ओभरसोल्ड जोन (२९ दशमलव ३५ स्केल)मा छ । यसले शेयर विक्री चाप बढेको देखाउँछ ।

  • स्ट्याण्डर्ड डेभिएशनः बैङ्ककोे ५५ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएशन १८ दशमलव ४४ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

  • मुभिङ एभरेजः बैंकको ५५ दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने र २६ दिने औसत मूल्यरेखाभन्दा तल छ । बिहीवारको मूल्य रू. ६ सयदेखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ६ सय ४६ मा प्रतिरोध पाउन सक्छ भने सस्तिएमा रू. ५ सय ८३ मा टेवा पाउन सक्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको