अर्थ संसार, काठमाडौं–सेञ्चुरी कमर्सियल बैंकको सातौं वार्षिकोत्सवको उपल्यक्षमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ ।
बैंकको प्रधान कार्यलय पुतलीसडकमा आयोजित उक्त शिविरमा चाबहिल, काठमाडौंस्थित ओम हस्पिटल एण्ड रिर्सच सेन्टरबाट चिकित्सक तथा पुल्चोक, ललितपुरस्थित रक्तसञ्चार सेवा केन्दको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित शिविरमा सामान्य स्वास्थ्य परीक्षणका साथसाथै आखां, मुटु, अर्थो तथा ग्यास्ट्रो सम्बन्धी स्वास्थ्य परीक्षण पनि गरिएको थियो ।
बालबालिकाहरु देखि लिएर वृद्धवृद्धाहरुसमेतको सहभागी उक्त शिविरमा १०० जनाभन्दा बढीको निः शुल्क स्वास्थ्यपरीक्षण गरिएको थियो ।
रक्तदान कार्यक्रमा पनि ७० जनाभन्दा बढीको सहभागी थियो । उक्त कार्यक्रममा बैंकको अध्यक्ष राजेश कुमार श्रेष्ठज्यू तथा बैंकका संञ्चालकज्यूहरु, का.मु. प्रमुख कार्यकारी अधिकृतज्यू, शेयरधनीहरु, कर्मचारी तथा ग्राहकहरुको उपस्थिती थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस