Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमै पहिलो पटक कन्काई नगरपालिका विद्युत् चोरीमुक्त नगर, कुलमानले गरे घोषणा

आइतबार, २७ फागुन २०७४, १० : ५५ मा प्रकाशित

नेपालमै पहिलो पटक कन्काई नगरपालिका विद्युत् चोरीमुक्त नगर, कुलमानले गरे घोषणा

अर्थ संसार, काठमाडौं–  झापा जिल्लाको कन्काई नगरपालिकाले आफूलाई विद्युत् चोरीमुक्त नगरपालिका घोषणा गरेको छ ।

विद्युत चुहावटमुक्त क्षेत्र घोषणा गरी उक्त नगरपालिकालाई विद्युत् चोरी मुत्तः नगर घोषणा गर्ने नेपालमै पहिलो नगर भएको छ ।

उज्यालो नेपाल एवं समृद्ध सहर विकास गर्ने लक्ष्यअनुसार चुहावटमुक्त घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त नगरपालिकालाई विद्युत् चोरीमुक्त नगरपालिका घोषणा गरेका हुन् ।

नगरपालिकाले  आगामी २ वर्षभित्र नगरभित्रका सबै ठाउँमा विद्युतीकरण गर्ने लक्ष्य राखेको छ ।

 उक्त लक्ष्य पूरा गर्न प्राधिकरणले जुनसुकै सहयोग गर्न तयार रहेको घिसिङले बताए । चुहावटमुक्त क्षेत्र कायम गर्नेबारे गत माघ १६ गते नगरपालिकाको कार्यपालिका तथा वडा सदस्यहरूको बैठक बसेको थियो ।

 प्राधिकरण र नगरपालिका सबै वडामा  वडा अध्यक्षको संयोजकत्वमा चुहावट नियन्त्रण टोली सक्रिय रहेको जनाइएको छ । कर्मचारी र स्थानीयबासीको सहयोगले नगरपालिकालाई चुहावटमुक्त बनाउन सफल भएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए । नगरपालिकामा ११ हजार घरधुरी तथा ५५ हजार जनसंख्या छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको