Like us!
Follow us!
Connect us!
Watch us!

महराले पहिलो पटक लगाए दौरा सुरुवाल

आइतबार, २७ फागुन २०७४, १२ : १० मा प्रकाशित

महराले पहिलो पटक लगाए दौरा सुरुवाल

अर्थ संसार, काठमाडौं– सभामुख कृष्णबहादुर महराले पहिलोपटक दौरा सुरुवाल लगाएका छन् । मन्त्री र सांसद भएका महराले यसअघि कहिल्यै पनि दौरा सुरुवाल लगाएका थिएनन् ।

तर,आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सभामुख पदको पद तथा गोपनियताको शपथ लिन शीतल निवास दौरा सुलवालमा पुगेका थिए ।

सभामुख जस्तो संवैधानिक पदमा पुगेपछि मर्यादित पोशाक लगाउनुपर्छ भन्ने अन्य नेताहरुको पनि दबाव आएपछि महराले दौरा सुरुवाल, खरानी रंगको कोट, स्वीटर र भादगाउँले कालोटोपी लगाएका हुन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीबाट महराले शीतल निवासमा सभामुख पदको शपथग्रहण गरेका हुन् ।

5aa4ccb0c7e51.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको