Like us!
Follow us!
Connect us!
Watch us!

एमाले महासचिव पोखरेलले दिए रास्वपा र बालेनलाई बधाई, जनविश्वासअनुरूप अगाडी बढ्न सुझाव

अर्थ संसार

शनिबार, २३ फागुन २०८२, १० : १० मा प्रकाशित

एमाले महासचिव पोखरेलले दिए रास्वपा र बालेनलाई बधाई, जनविश्वासअनुरूप अगाडी बढ्न सुझाव

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनतामा देखिएको परिवर्तनको लहरका कारण आफू र आफ्नो पार्टीले हार व्यहोर्नुपरेको बताएका छन्। दाङ–२ बाट उम्मेदवार रहेका पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीका विपिन आचार्यसँग पराजित हुने निश्चित भएपछि यस्तो प्रतिक्रिया दिएका हुन्।

हार स्वीकार्दै पोखरेलले विजयोन्मुख आचार्यलाई बधाई दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘आमनिर्वाचन २०८२ को जनादेश राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा आएको छ । जनताले नयाँबाट केही हुन्छ कि भन्ने विश्वासका साथ अभिमत दिएका छन् । जनविश्वासअनुरूप अघि बढ्न पार्टीका प्रस्तावित प्रधानमन्त्री उम्मेदवार बालेन शाहसहित विजयी हुनुहुने सम्पूर्ण प्रतिनिधिहरूलाई कार्य सफलताको शुभकामना’।

पोखरेलले आफ्नो जितका लागि पार्टीका नेता तथा कार्यकर्ताले निकै मेहनत गरे पनि परिवर्तनको लहरका कारण आफू पराजित हुनुपरेको बताएका छन्। साथै उनले पार्टीका नेता तथा कार्यकर्तालाई निराश नहुन आग्रह पनि गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको