नेपाल इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारले पुँजी बजारले हालसम्मको उच्च विन्दुको रेकर्ड तोडिने बताएका छन् । निर्वाचनबाट आएको परिणामले लगानीकर्ता उत्साहित भएको र यसले बजारमा सकारात्मक असर पर्ने उनले बताएका हुन् ।
पुँजी बजारका लागि आवश्यक पर्ने स्थिरताको संकेत देखिएको बजार ३२०० विन्दु माथि पुग्ने अवस्था देखिएको उनी बताउँछन् । अर्थतन्त्रीका रुपमा स्वर्णीम वाग्ले आउने भएकाले पनि बजारमा सकारात्मक सन्देश जाने उनको भनाइ छ । ‘अहिले सबै सूचक सकारात्मक हरेको छ । राजनीतिक रुपमा आएको नजिताले गर्दा पनि बजार थप सकारात्मक असर पर्छ,’ उनले भने । अहिलको राजनीतिक घटनाले लगानीकर्ताको गुमेको मनोबल समेत बढेको उनी बताउँछन् ।
यस अघि सरकार मिलिजुली बन्ने गरेको अवस्था अहिले एकल सरकार बन्ने निश्चित भएकाले बजारमा त्यसको प्रभाव देखिने रौनियार बताउँछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस