Like us!
Follow us!
Connect us!
Watch us!

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयर लिलाम बिक्रीमा

अर्थ संसार

मंगलबार, २६ फागुन २०८२, ०९ : ५८ मा प्रकाशित

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयर लिलाम बिक्रीमा

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले १ लाख ८६ हजार ४३३ कित्ता सेयर लिलामीमा राखेको हो ।

कम्पनीले सबैले किन्न पाउने गरी उक्त सेयर लिलामीमा राखेको हो । सेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम २८० रुपैयाँ तोकिएको छ । सेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १ लाख कित्ताका लागि र अधिकतममा १० अंकको गुणाङ्कमा वा सम्पूर्ण कित्ता दाबी गर्न सकिनेछ ।

सेयर खरीद गर्न इच्छुकले आफूले किन्न चाहेको सेयर संख्या र दर रेट समेत खुलाएर काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) को कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । बोलपत्र पनि सोही कार्यालयमा पाइँनेछ ।

बोलपत्र फागुन २६ गतेदेखि चैत १० गते दिउँसो ३ बजेभित्र पेश गरिसक्नु पर्नेछ । प्राप्त बोलपत्रहरू चैत ११ गते बिहान ११ बजे क्यापिटलको कार्यालयमा खोलिने कम्पनीले जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको