अर्थ संसार, काठमाडौं– उत्तर छिमेकी चीनले नेपालमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन जलविद्युत आयोजनामा हालसम्मकै सबैभन्दा ठूलो लगानी गर्ने भएको छ ।
चीनको छोङछिङ वाटर एण्ड टर्वाइन वक्र्स कम्पनीले पिपुल्स इनर्जी लिमिटेडद्वारा निर्माणाधीन खिम्ती–२ जलविद्युत आयोजनामा ९ अर्ब लगानी गर्ने भएको हो । कूल ४८. ८ मेगावाट क्षमताको खिम्ती–२ निजी क्षेत्रले निर्माण गरिरहेको मध्ये ठूलो आयोजना हो ।
चीनको सरकारी कम्पनीले नेपालको विद्युत क्षेत्रमा निजी क्षेत्रसँगको साझेदारीमा पहिलोपटक यति ठूलो लगानी गर्न लागेको हो ।
सो सम्बन्धी सम्झौतापत्रमा आगामी १४ मार्चमा छोङछिङमा सम्झौता हुँदैछ । सम्झौताका लागि पिपुल्स इनर्जी लिमिटेडका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्य नेतृत्वमा ८ सदस्यीय टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ ।
आचार्यले सम्झौतापछि निजी क्षेत्रले जलविद्युतमा चिनियाँ लगानी भित्र्याउने ढोका खुल्ने प्रतिक्रिया दिए ।
‘चीनसँग पैसा छ, हामीसँग पानी छ’, आचार्यले भने, ‘हामीले सम्झौता गरेपछि नेपालको जलविद्युतमा निजी क्षेत्रका लागि चीनबाट ठूलो लगानी ल्याउने ढोका खुल्ने छ ।’ आचार्यको टोलीले चीनको थ्रिगोर्जेज लगायत जलविद्युत कम्पनीको समेत अध्ययन भ्रमण गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस