Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको नवौं सिटिजन्स इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता सम्पन्न

अर्थ संसार

सोमबार, ०२ चैत्र २०८२, ११ : २४ मा प्रकाशित

सिटिजन्स बैंकको नवौं सिटिजन्स इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता सम्पन्न

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको १९औं वार्षिकोत्सवको अवसरमा आयोजित नवौं सिटिजन्स इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता–२०२६ सम्पन्न भएको छ। फागुन २९ गते शुक्रबारदेखि फागुन ३० गते शनिबार (दुई दिन) सम्म काठमाण्डौंमा सञ्चालित उक्त प्रतियोगिता सम्पन्न भएको हो। उक्त इन्डोर क्रिकेट प्रतियोगितामा व्यवस्थापन समूह अन्तर्गत ८ टीम गरी विभिन्न बैंककै ८४ जना विभाग तथा शाखाहरूका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

उक्त कार्यक्रममा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले यस्तो कार्यक्रमहरूले संस्थाको संस्थागत संस्कारलाई मजबूत बनाउने मात्र नभई सुशासन र प्रणालीगत अनुशासनप्रति संस्थाको प्रतिबद्धता समेत झल्काउने र संस्थाभित्र अनुशासन, आपसी सहकार्य तथा स्वस्थ जीवनशैलीलाई प्रवद्र्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। प्रतियोगिताका विजेतालाई सीईओले पुरस्कार वितरण गरेका छन्। बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम मार्फत कर्मचारीहरूबीच आपसी सहकार्य, सकारात्मक ऊर्जा तथा संस्थागत एकतालाई अझ सुदृढ बनाउने विश्वास लिएको छ।

विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेटिड कार्ड ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। हालसालै बैंकले नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ।

फ्रिलान्सरहरूलाई लक्षित गरी फ्रिलान्सर सेविज अकाउन्ट नामक नयाँ बचत खाता शुरु गरेको यस बैंकले नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधाका साथै क्रस बैंक टेलर सुविधा (जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने सुविधा पाउँछन्) समेत सञ्चालनमा ल्याएको छ। बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटीएम मशिन, ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरूबाट १९ लाख ९७ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको