नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ। कार्यबाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरू सहभागी हुनेछन्।
बैठकमा सभापति गगन थापा पनि उपस्थित रहने जनाइएको छ। यसअघि उनले दिएको राजीनामा शुक्रबार र आइतबार बसेको केन्द्रीय समितिको बैठकले अस्वीकार गरिसकेको छ।
आजको बैठकमा समय अभावका कारण वैशाखमा गर्ने भनिएको नियमित महाधिवेशन असोजमा सार्ने तयारीबारे समेत छलफल हुने बताइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस