नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत रिज लाइन इनर्जीको सेयर तोकिएको ओपनिङ रेन्जभन्दा निकै कम मूल्यमा कारोबार भएको देखिएको छ। कम्पनीका लागि १०० देखि ३०० रुपैयाँसम्मको ओपनिङ रेन्ज तोकिएको भए पनि सेयर ३० रुपैयाँमै कारोबार भएको हो।
नेप्सेले पहिलो कारोबारका लागि निश्चित मूल्य दायरा तोक्ने व्यवस्था रहे पनि सोभन्दा बाहिर मूल्यमा कारोबार देखिएपछि लगानीकर्ताबीच चासो र अन्योल बढेको छ। यस विषयमा नेप्सेका प्रवक्ता मुरहरि पराजुलीले उक्त कारोबारको कारणबारे तत्काल स्पष्ट जानकारी नभएको बताएका छन्। उनले ३० रुपैयाँमा कारोबार भएको देखिएको र यसको कारणबारे अध्ययन भइरहेको बताएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस