Like us!
Follow us!
Connect us!
Watch us!

ओम डेभलपमेण्ट बैंकको सेयर किन्दै हुनुहुन्छ ? हेरौं, एक विश्लेषण

बुधबार, ३० फागुन २०७४, ०९ : ०६ मा प्रकाशित

ओम डेभलपमेण्ट बैंकको सेयर किन्दै हुनुहुन्छ ? हेरौं, एक विश्लेषण

प्रमुख गतिविधि 

फागुन २५ गते सम्पन्न कम्पनीको ११औं वार्षिक साधारणसभाबाट कम्पनीले १७ प्रतिशत बोनश सेयर दिने प्रस्ताव पारित गरेको छ । कम्पनीले सोही सभाबाट सुशीलकुमार गोशलीलाई अध्यक्ष्यमा निर्वाचित गरेको छ ।

ओम डेभलपमेण्ट बैङ्क लिमिटेड : कम्पनी विश्लेषण (बुधवार, ३० फागुन २०७४)

ओम डेभलमेण्ट बैंक  लिमिटेडले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रोे त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :

  • बैंकको ले यो अवधिमा आफ्नो खुद नाफामा २१ प्रतिशतको कमी आएकोे छ । बैंकले यो त्रैमाससम्म १५ करोड ३ लाख रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको छ । अघिल्लो आवमा बैङ्कले १९ करोड २ लाख खुद नाफा कमाएको थियो ।

  • पूँजी वृद्धिको र खुद नाफामा आएको गिरावटको असर बैंकको अहिलेको प्रतिवेदनमा प्रतिशेयर आम्दानीमा आएको सङ्कुचनले प्रष्ट पर्दछ । गतवर्ष २७ दशमलव ९७ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी दोस्रो त्रैमाससम्म आइपुग्दा १४ दशमलव ०७ रुपैयाँमा सीमित भएको छ ।

  • यही समयमा जगेडा १०० प्रतिशतले वृद्धि भएको छ । बैङ्कको जगेडामा ९१ करोड ५५ लाख रुपैयाँ रहेको छ ।

  • निक्षेप र कर्जाको कुरा गर्दा उसले यो त्रैमासमा १७ अर्ब ५८ करोड निक्षेप उठाई १५ अर्ब ७७ करोड कर्जा प्रवाह गर्न सफल भएको छ ।

  • निक्षेप ३५ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह ३९ प्रतिशतले वृद्धि भएको छ ।

  • बैंकको मुख्य आम्दानीको कुरा गर्दा खुद ब्याज आम्दानी ९ प्रतिशतले कम भएर ३२ करोड २८ लाख पुगेको छ । त्यस्तै, बैङ्कको सञ्चालन नाफा २१ प्रतिशतले कम भएर २२ करोड २१ लाख रहेको छ । आम्दानीमा ४ करोड ७२ लाख प्रोभिजन घट्न पुग्यो भने जोखीम कोषबाट रकम फिर्ता भएको छैन ।

  • बैंकको निष्क्रिय कर्जामा सामान्य कमी आएको छ । यस अवधिमा बैंकको निष्क्रिय कर्जा १ दशमलव २६ प्रतिशतबाट घटेर भएर १ दशमलव १७ प्रतिशतमा आएको छ भने निष्क्रिय कर्जाका लागि १४३ दशमलव ३४ प्रतिशत रकम व्यवस्था गरेको छ ।

  • बैंकले प्रकाशन गरेको वित्तीय विवरणअनुसारबैंकको प्रतिशेयर नेटवर्थ रू. १४२ दशमलव ८४, प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. ९९० दशमलव ५७, तरलता अनुपात २७ दशमलव ३४ प्रतिशत रहेको छ ।

निष्कर्ष :
ब्याज आम्दानीको तुलनामा ब्याज खर्च अत्यधिक हुँदा कम्पनीको प्रमुख आम्दानीको स्रोत खुद ब्याज आम्दानी घट्न पुग्यो, जसले गर्दा कम्पनीको खुद नाफा घट्यो । पूँजी वृद्धि र नाफामा आएको गिरावटले प्रतिशेयर आम्दानी निकै घट्यो ।

कम्पनीको जगेडा बलियो हुँदै गएको छ । त्यस्तै, निक्षेप र कर्जा प्रवाहमा पनि बैंक आक्रामक नै छ, बढ्दो ब्याजदर बैङ्कका लागि प्रमुख चुनौती रहेको छ ।

प्राविधिक विश्लेषण : ओम डेभलपमेण्ट बैङ्क घट्दो प्रवृत्तिमा

प्रतिरोध २ : २०० । प्रतिरोध १ : १९० । हालको अन्तिम मूल्य : १८९ । टेवा १ : १८० । टेवा २ : १७०

बजारको अवस्था
यस कम्पनीको १३ मार्च, २०१८ सम्मको दैनिक मैनबत्ती चार्टका आधारमा यो कम्पनीको अन्तिम कारोबार मूल्य १ सय ८९ मा रहेको छ । यो मूल्य अघिल्लो दिनभन्दा २ रुपैयाँ अर्थात् १ दशमलव ७ प्रतिशतले बढी हो । त्यस दिनको परिमाण १ हजार ८ सय ९१ मा रहेको छ । यो अघिल्लो दिनभन्दा १ हजार ४ सय ५९ कित्ताले बढी हो ।

मूल्यको प्रवृत्ति विश्लेषण
चार्टमा देखिएबमोजिम विगत ४ महीनादेखि बजारको उच्चतम र तल्लो बिन्दु घटी रहेकाले बजारमा विक्रेताको चाप रहेको सङ्केत गर्दछ । पछिल्लो समयमा मूल्यले १ सय ८० को टेवा प्राप्त गरेपछि हाल १ सय ९० को प्रतिरोध क्षेत्रमा रहेको देखिन्छ ।

अन्य प्राविधिक सङ्केतहरूः
एक्सपोनेन्सियल मुभिङ एभरेज (ईएमए) : २१ दिनको ईएमएभन्दा मूल्यको प्रवृत्ति तल रहेकाले बजार घट्दो प्रवृत्तिमा रहेको र हाल यो ईएमए प्रतिरोधको रूपमा रहेको देखिन्छ ।

रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) : १४ दिनको आरएसआई ४२ अङ्कमा रहेको छ । यसको प्रवृत्तिले बजारमा क्रेताको चाप केही मात्रामा देखिए पनि बजार पूर्ण रूपमा सकारात्मक भएको देखिँदैन ।

मैनबत्ती : अन्तिम दिनको मैनबत्तीले बुलिस मारुबोजु आकृति बनाए पनि परिमाणले समर्थन गरेको देखिँदैन ।

निष्कर्ष 
माथि उल्लेखित मूल्यको प्रवृत्ति र सूचकाङ्कहरूका आधारमा बजार विश्लेषण गर्दा, मूल्य हाल प्रतिरोध क्षेत्रमा रहेको र यदि मूल्य १ सय ९० भन्दा माथि स्थिर रहेमा बजार अझ केही सकारात्मक हुन सक्ने सङ्केत गर्दछ भने त्यस्तै गरी यदि मूल्य १ सय ८० भन्दा तल भएमा बजार नकारात्मक क्षेत्रमा हुन सक्ने सङ्केत गर्दछ । अर्को टेवा फिबोनाची प्रोजेक्शनको आधारमा १०० प्रतिशतको स्विङले १ सय ७० मा रहेको देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको