Like us!
Follow us!
Connect us!
Watch us!

निर्माण क्षेत्रमा अनुचित लेनदेन स्वीकार्य हुँदैन - अध्यक्ष रवि सिंह

अर्थ संसार

मंगलबार, १७ चैत्र २०८२, १४ : ४७ मा प्रकाशित

निर्माण क्षेत्रमा अनुचित लेनदेन स्वीकार्य हुँदैन - अध्यक्ष रवि सिंह

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रमा कुनै पनि प्रकारको अनुचित लेनदेन अस्वीकार्य हुने स्पष्ट पारेका छन्। मंगलबार आयोजित महासंघको १३औँ अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले निर्माण सम्झौताहरू पारदर्शी ढंगले गर्नुपर्नेमा जोड दिए।

उनले कुनै समस्या उत्पन्न भए महासंघमार्फत भौतिक पूर्वाधार मन्त्रीसमक्ष विषय राखेर समाधान खोजिने बताए। साथै, सार्वजनिक खरिद ऐनलगायत विद्यमान कानुनहरूले पूर्वाधार क्षेत्रलाई प्रभावकारी रूपमा अघि बढाउन नसकेको उल्लेख गर्दै ती कानुन संशोधन गरी एकीकृत ‘छाता ऐन’ ल्याउन सरकारसँग आग्रह गरिएको जानकारी दिए।

उनले भने, ‘जुनसुकै निर्माण कार्यको सम्झौता गर्दा कुनैपनि अनुचित लेनदेनको कारोबार नगर्ने, त्यस्तो किसिमको कुनै समस्या आयो भने सिधै महासंघमार्फत भौतिक पूर्वाधार मन्त्रीज्यू समक्ष पुगेर समस्याहरुको उजागर गर्ने र समस्याको सम्बोधन गर्ने आश्वस्त बनाउनु भएको छ । त्यही अनुरुप सरकारसँग सहकार्य गरेर सरकारको लक्ष्य प्राप्तिको लागि निर्माण व्यवसायी महासंघ र निर्माण उद्योगीहरु सरकारसँग सहकार्य गरेर अगाडि बढने कुरामा अत्यन्तै उत्साही छौं । यो कुरा मन्त्रीज्यूसँग भनिसकेका छौं ।’ लामो समयपछि मुलुकले ऐन, कानुन, नियमलाई देखाएर जसरी कर्मचारीतन्त्रले हाम्रो कामहरुलाई अवरोध गर्छ । त्यो समस्याको सम्बोधन गर्दै सार्वजनिक खरिद ऐनलगायत जतिपनि ऐनहरुले पूर्वाधार क्षेत्रलाई चलायनमान गर्न सक्दैन त्यसलाई संशोधन गर्न छाता ऐन बनाउन हामीले अनुरोध गरेका छौ ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको