Like us!
Follow us!
Connect us!
Watch us!

खर्च बढ्दा घट्यो बैंक तथा वित्तीय संस्थाको आम्दानी: चालू आवमा कुल ६४ अर्बभन्दा बढी खर्च

अर्थ संसार

मंगलबार, १७ चैत्र २०८२, १५ : ३८ मा प्रकाशित

खर्च बढ्दा घट्यो बैंक तथा वित्तीय संस्थाको आम्दानी: चालू आवमा कुल ६४ अर्बभन्दा बढी खर्च

पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रको आम्दानी घटी रहेको छ भने खर्च बढी रहेको छ । पछिल्लो समय देखिएको कर्जा प्रवाहको संकुचन र निष्क्रिय कर्जा बढ्दै गएको अवस्थामा आम्दानी घट्दै गए छ भने नियमित खर्च रकम भने बढ्दै गएको हो । 

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले ६४ अर्ब बढीको खर्च गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारीहरूको तलबभत्तामा मात्रै ३९ अर्ब ८९ करोड ६० लाख रुपैयाँ खर्च गरेका छन् । त्यस्तै कार्यालय व्यवस्थापनको लागि थप २४ अर्ब ५४ करोड १० लाख रुपैयाँ समेत गरी कुल ६४ अर्ब ४३ करोड ७० लाख रुपैयाँ खर्च गरेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार यो खर्च गत आवको सोही अवधिको तुलनामा २ अर्ब ६३ करोड ९० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्मचारीहरूको तलब भत्ताको लागि ३७ अर्ब ५३ करोड ५० लाख र कार्यालय व्यवस्थापनको लागि २४ अर्ब ५३ करोड ३० लाख रुपैयाँ समेत गरी कुल ६२ अर्ब ६ करोड ८० लाख रुपैयाँ खर्च गरेका थिए । राष्ट्र बैंकका अनुसार चालू आवको माघ मसान्तसम्ममा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले मात्र कर्मचारीको तलब भत्ताको लागि ३४ अर्ब ९९ करोड ९० लाख र कार्यालय व्यवस्थापनको लागि २१ अर्ब ८ करोड रुपैयाँ समेत गरी कुल ५६ अर्ब ७ करोड ९० लाख रुपैयाँ खर्च गरेका छन् । यो खर्च गत आवको सोही अवधिको तुलनामा १ अर्ब ८३ करोड १० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले कर्मचारीको तलबभत्ताको लागि ३३ अर्ब ३ करोड ७० लाख र कार्यालय व्यवस्थापनको लागि २१ अर्ब २१ करोड १० लाख रुपैयाँ समेत गरी कुल ५४ अर्ब २४ करोड ८० लाख रुपैयाँ खर्च गरेका थिए । सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूले भने चालू आवको माघ मसान्तसम्ममा कर्मचारीहरूको तलब भत्ताको लागि ३ अर्ब ८९ करोड २० लाख र कार्यालय व्यवस्थापनको लागि २ अर्ब ७५ करोड १० लाख रुपैयाँ समेत गरी कुल ६ अर्ब ६४ करोड ३० लाख रुपैयाँ खर्च गरेका छन् । यो खर्च गत आवको सोही अवधिको तुलनामा ४१ करोड ३० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरूले कर्मचारीहरूको तलब भत्ताको लागि ३ अर्ब ५७ करोड ८० लाख र कार्यालय व्यवस्थापनको लागि दुई अर्ब ६५ करोड २० लाख रुपैयाँ समेत गरी कुल ६ अर्ब २३ करोड रुपैयाँ खर्च गरेका थिए । 

सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरूले भने चालू आवको माघ मसान्तसम्ममा कर्मचारीहरूको तलब भत्ताको लागि १ अर्ब ५० लाख र कार्यालय व्यवस्थापनको लागि ७१ करोड १० लाख रुपैयाँ समेत गरी कुल १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ खर्च गरेका छन् । यो खर्च गत आवको सोही अवधिको तुलनामा १२ करोड ६० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले कर्मचारीहरूको तलबभत्ताको लागि ९२ करोड र कार्यालय व्यवस्थापनको लागि ६७ करोड रुपैयाँ समेत गरी कुल १ अर्ब ५९ करोड रुपैयाँ खर्च गरेका थिए ।
 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको