Like us!
Follow us!
Connect us!
Watch us!

सरकार स्थानीय तहका समस्या समाधानमा प्रतिबद्ध छ - प्रतिभा रावल

अर्थ संसार

शुक्रबार, २० चैत्र २०८२, १४ : ४७ मा प्रकाशित

सरकार स्थानीय तहका समस्या समाधानमा प्रतिबद्ध छ - प्रतिभा रावल

नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र स्थानीय तहका गाउँपालिका तथा नगरपालिका महासंघबीच समसामयिक विषयमा छलफल सम्पन्न भएको छ। मन्त्रालयमा भएको छलफलमा कर्मचारी व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, कार्यविभाजनको स्पष्टता, अनुदान कटौती लगायतका विषयमा गहन संवाद भएको थियो। स्थानीय तहका प्रतिनिधिहरूले भोगिरहेका समस्याहरू र समाधानका उपायहरू प्रस्तुत गरेका थिए।

यस क्रममा नगरपालिकाका अध्यक्ष भिम ढुंगानाले चुनौतीहरूको विस्तृत जानकारी दिँदै समाधानका लागि संघीय सरकारको सक्रिय भूमिका आवश्यक रहेको बताए। गाउँपालिकाका अध्यक्षहरूले भने सुकुम्बासीलाई लालपुर्जा वितरण, भूमि व्यवस्थापन जस्ता विषयमा ध्यानाकर्षण गराएका थिए।

महालक्ष्मी नगरपालिकाका उपप्रमुखले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखलाई दुई वर्षमा अनिवार्य रूपमा सरुवा गर्ने नीति ल्याउनुपर्ने आवश्यकता रहेको बताइन् । मन्त्री रावलले स्थानीय तहसँग मिलेर काम गर्न मन्त्रालय तयार रहेको बताइन् । उनले नागरिक सन्तुष्ट हुनेगरी सेवा दिन सरकार प्रतिबद्ध रहेको र जनताको अपेक्षा स्थानिय सरकार मार्फत प्राथमिकतामा राखेको बताइन् ।

त्यसैगरी, स्थानीय तहका पदाधिकारीहरूले कर्मचारीहरूलाई खटाएर सहयोग गरेकोमा मन्त्रालयप्रति धन्यवाद व्यक्त गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको