Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्रीलाई हाेइन, सेवाग्राहीलाई खुसी पार्नुस् – मन्त्री रावल

अर्थ संसार

मंगलबार, २४ चैत्र २०८२, १६ : ४१ मा प्रकाशित

मन्त्रीलाई हाेइन, सेवाग्राहीलाई खुसी पार्नुस् –  मन्त्री रावल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सरकारी सेवा प्रवाहमा नागरिक सर्वोच्चतालाई नै सर्वोपरि ठान्नुपर्नेमा जोड दिएकी छन्। मंगलबार भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागको अनुगमन गर्ने क्रममा उनले कर्मचारीहरूलाई सेवाग्राहीको काम ढिलासुस्ती र झन्झटमुक्त ढङ्गले छिटो-छरितो रूपमा सम्पन्न गर्न कडा निर्देशन दिइन्।

सेवा प्रवाहमा हुने कुनै पनि प्रकारका अनियमितता र ढिलासुस्तीप्रति शून्य सहनशीलता अपनाइने स्पष्ट पार्दै मन्त्री रावलले जनताले दुःख पाएको गुनासो आएमा सम्बन्धित कर्मचारीले कानुन बमोजिम कडा कारबाही भोग्नुपर्ने चेतावनी समेत दिएकी छन्।

मन्त्री रावलले भनिन्,'मन्त्रीलाई खुसी पार्नु पर्दैन, सेवाग्राहीलाई खुसी पार्नुस्। कसैको दबाब र प्रभावले होइन कानुनमा टेकेर काम गर्नुस्। नापी र मालपोतमा पुग्दा जनताले सबै भन्दा बढी हैरानी भोग्ने गरेका छन्, अब सबै भन्दा सहज यी नै कार्यालयको सेवा लिँदा हुन्छ भन्ने प्रमाणित गर्नुस् ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको