Like us!
Follow us!
Connect us!
Watch us!

आइपिएल क्रिकेट : दिल्लीकाे दाेस्राे जित, मुम्बइ पराजित

अर्थ संसार

शनिबार, २१ चैत्र २०८२, २१ : ०७ मा प्रकाशित

आइपिएल क्रिकेट : दिल्लीकाे दाेस्राे जित, मुम्बइ पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबारको पहिलो खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको छ। १ सय ६३ रनको लक्ष्य पछ्याएको दिल्लीले १८.१ ओभरमा ४ विकेट गुमाउँदै १ सय ६४ रन बनाउँदै सहज जित निकालेको हो।

दिल्लीको जितमा सामिर रिज्वी नायक बने। उनले ५१ बलमा समान ७ छक्का र चौकासहित शानदार ९० रन बनाउँदै टोलीलाई जितसम्म पुर्‍याए। उनले आइपिएल लगातार दोस्रो पटक ‘प्लेयर अफ द म्याच’ पनि जिते। अघिल्लो सिजनको अन्तिम खेल समेत जोड्दा उनले लगातार तेस्रो पटक यो अवार्ड हात पारेका हुन्। आइपिएल इतिहासमा यस्तो उपलब्धि हासिल गर्ने खेलाडीको संख्या निकै कम छ।

त्यसअघि दिल्लीको घरेलु मैदान अरुण जेट्ली रंगशालामा पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो। टोलीका लागि कप्तानी सम्हालेका सूर्यकुमार यादवले ३६ बलमा ३ चौका २ छक्कासहित ५१ रनको अर्धशतक बनाए। रोहित शर्माले २६ बलमा ५ चौका र १ छक्का ३५ रन जोडे। अन्य ब्याटर भने खासै चल्न सकेनन्।

दिल्लीका बलरमध्ये मुकेश कुमारले उत्कृष्ट प्रदर्शन गर्दै २ विकेट लिए। अक्षर पटेल र लुंगी एन्गिडीले पनि किफायती बलिङ गरे।१ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीको सुरुवात राम्रो हुन सकेन। केएल राहुल (१ रन) र नितिश राणा (०) छिट्टै आउट भएपछि टोली दबाबमा परेको थियो।

तर पाथुम निसांकाले आक्रामक ब्याटिङ गर्दै ३० बलमा ६ चौका र १ छक्कासहित ४४ रन बनाएर टोलीलाई खेलमा फर्काए।त्यसपछि मैदानमा आएका सामिरले आक्रामक ब्याटिङ गर्दै खेललाई दिल्लीको पक्षमा मोडे। डेभिड मिलर २१ रनमा नटआउट रहे। दिल्लीले‌ आइपिएलमा लगातार दोस्रो जित निकालेको छ। मुम्बईले दोस्रो खेलमा पहिलो हार बेहोरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको