Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी बैंकले १० प्रतिशत लाभांश दिने

बुधबार, ३० फागुन २०७४, २० : ०५ मा प्रकाशित

सेञ्चुरी बैंकले १० प्रतिशत लाभांश दिने

अर्थ संसार,काठमाडौं– सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई हाल कायम रहेको चुक्ता पूंजीको ५ प्रतिशत बराबरको बोनस सेयर  र ५ प्रतिश नगद  गरी १० प्रतिशत लाभांश दिने भएको छ ।

उक्त लाभांश आजको सातौ वार्षिक साधारणसभाले पारित गरेको छ । बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा साधारणसभाले पारित गरेको हो । यो बोनस शेयर जारी पश्चात् बैंकको चुक्ता पूंजी ८ अर्ब ६ करोड पुगेको छ ।

आ.व. २०७४÷७५ को पुस मसान्त सम्म यस बैंकले कुल निक्षेप रु. ५२.१७ अर्व र कर्जा रकम रु. ४७.०२ अर्व परिचालन गरी रु. ३९.२७ करोड सञ्चालन मुनाफा र रु. ३२.५१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको