Like us!
Follow us!
Connect us!
Watch us!

ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

अर्थ संसार

मंगलबार, २४ चैत्र २०८२, १० : १५ मा प्रकाशित

ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको ‘विकास ऋणपत्र–२०८८’ बिक्री गर्ने भएको छ। नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गत रहेको कार्यालयका अनुसार ६ वर्षे अवधिको उक्त विकास ऋणपत्र बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न लागिएको हो।

ऋणपत्रको बोलकबोल चैत २५ गते हुने तय गरिएको छ भने चैत २६ गतेदेखि निष्कासन गरिने जनाइएको छ।
कार्यालयका अनुसार इच्छुक खरिदकर्ताले बोलकबोल प्रक्रियामार्फत आवेदन दिन सक्नेछन्। यस ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनीका साथै सर्वसाधारण नेपाली नागरिकले समेत सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ।

सरकारले आन्तरिक ऋण परिचालनमार्फत स्रोत व्यवस्थापन गर्ने उद्देश्यले समय–समयमा यस्ता विकास ऋणपत्र जारी गर्दै आएको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको