Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ क्यापिटलले पायो आइएसओ ९००१:२०१५ प्रमाणपत्र

अर्थ संसार

बुधबार, २५ चैत्र २०८२, २० : १३ मा प्रकाशित

सिद्धार्थ क्यापिटलले पायो आइएसओ ९००१:२०१५ प्रमाणपत्र

सिद्धार्थ क्यापिटल लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको गुणस्तर व्यवस्थापन प्रणालीको प्रमाणपत्र आईएसओ ९००१ः २०१५ प्राप्त गरेको छ। यस प्रमाणपत्र इण्टरनेशनल सर्टिफिकेसन सर्भिसेज प्रालि, मुम्बईद्वारा प्रदान गरिएको हो र अष्ट्रेलिया तथा न्यूजील्याण्ड संयुक्त मान्यता प्रणालीद्वारा मान्यता प्राप्त छ।

यस प्रमाणपत्रले कम्पनीको गुणस्तरीय सेवा, दक्षता, र ग्राहक सन्तुष्टिको प्रति निरन्तर प्रतिबद्धता दर्शाउँछ। साथै, आन्तरिक प्रक्रियाहरू मजबुत बनाउने, सेवा प्रदानमा निरन्तरता सुनिश्चित गर्ने र समग्र संगठनात्मक प्रदर्शन सुधार गर्ने कम्पनीको दृष्टिकोणलाई पुष्टि गर्दछ।

कम्पनीका सीईओ सन्दीप कार्कीले भने, ‘यो प्रमाणपत्र प्राप्त गर्नु सिद्धार्थ क्यापिटलका लागि महत्वपूर्ण उपलब्धि हो। यसले गुणस्तर र विश्वसनीय वित्तीय सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई अझ सुदृढ बनाउँछ।’ आईएसओ ९००१ः २०१५ प्रमाणपत्र ती संस्थाहरूलाई प्रदान गरिन्छ, जसले गुणस्तर व्यवस्थापनका उच्च अन्तर्राष्ट्रिय मापदण्डहरू पुरा गर्छन्, जस्तै प्रक्रियाको अनुकूलन, जोखिम व्यवस्थापन, र निरन्तर सुधार।

सिद्धार्थ क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिङ, अन्डरराइटिङ, सेरको रजिष्ट्रार, पोर्टफोलियो व्यवस्थापन, र कर्पोरेट सल्लाहकार सेवा, फन्ड व्यवस्थापन, र डिपोजिटरी तथा डिपोजिटरी सहभागी सेवा लगायतका सेवा प्रदान गर्दछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको