Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी बैंकको सीईओमा गौतम

विहीबार, ०१ चैत्र २०७४, १२ : ०६ मा प्रकाशित

सेञ्चुरी बैंकको सीईओमा गौतम

अर्थ संसार, काठमाडौं–  सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत सीईओमा तुलसीराम गौतम नियुक्त गरेको छ ।

 गौतमले नेपाल बैंकबाट बैंकिङ्ग सेवा प्रारम्भ गरी सोमा १३ वर्ष, नेपाल इण्डोसुइज बैंकमा ७ वर्ष, नेपाल एस्।बी।आई बैंकमा कर्जा प्रमुख भई १० वर्ष र माछापुच्छ्रे बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा रही ४ वर्ष पूरा गर्नु भएका अनुभवि बैंकरको रुपमा परिचित व्यत्तित्व हुनुहुन्छ ।

गौतमले त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङ्ग र वित्त विषयमा स्नातकोत्तर गर्नु भएको छ ।  गौतमको अनुभवबाट यस बैंकले विशिष्ट पहिचान बनाउनुका साथै थप प्रगति गर्नेछ ।

बैंकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

यस अवस्थामा  गौतमको अनुभव तथा नेतृत्वमा सेञ्चुरी बैंकले नेपालको बैंकिङ्ग जगतमा विष्टिकृत पहिचान बनाउदै अगाडी बढ्ने छ भन्ने विश्वास लिईएको छ ।
बैंकले सिइओमा यसअघि अनिल केशरी शाहलाई नियुक्त गरेपनि शाहले कार्यभार संहाल्नु अघि नै नबिल बैंक गएका थिए ।

5aaa12bc91299.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको