श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपसभामुखमा चुनाव हुनुपर्ने बताएका छन्। उपसभामुखमा आफ्नो पार्टीको दाबी रहेको बताउँदै आएको अध्यक्ष साम्पाङले बार्गेनिङ नभई चुनाव हुनुपर्ने बताएका छन्।
उनले भनेका छन्, ‘उपसभामुखको चुनाव हुनेछ, छलफल गर्नुस्, बार्गेनिङ होइन।’
उपसभामुख पदको निर्वाचनका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय सीमा तोकिएको छ। जसमा श्रम संस्कृतिसहित नेपाली कांग्रेस, नेकपा र राप्रपाले आफ्नो दाबी प्रस्तुत गर्दै आइरहेका छन्। सदनमा सत्तारुढ दल रास्वपासँग झन्डै दुई तिहाइ बहुमत रहेकाले उसले जसलाई समर्थन गर्छ सोही उम्मेदवारले जित्ने निश्चित देखिन्छ। हालको राजनीतिक समीकरण अनुसार रास्वपाले श्रम संस्कृति र राप्रपामध्ये कुनै एक दललाई सघाउने बलियो सम्भावना रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस