Like us!
Follow us!
Connect us!
Watch us!

चार कम्पनीका सेयर लिलाममा , कुनको कति र कहिलेसम्म ?

विहीबार, ०१ चैत्र २०७४, १३ : ११ मा प्रकाशित

चार कम्पनीका सेयर लिलाममा , कुनको कति  र कहिलेसम्म ?

अर्थ संसार, काठमाडौं– बजारमा अहिले चार कम्पनीको  सेयर बोलकबोलमा राखिएको बछ ।  सेयर विक्री खुल्ला भएको समयमा विक्री नभएको सेयर अहिले बोलकबोलमा राखिएको हो ।

सिभिल बैंक, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, गण्डकी विकास बैंक र रिलायन्स फाइनान्सको सेयर अहिले बोलकबोलमा धमाधम विक्री भैरहेको छ । चार कम्पनीको संस्थापक सेयर ३२ करोड ५१ लाख बढी कित्ता र साधारण सेयर १३ लाख भन्दा बढी कत्ति विक्री खुल्ला भैरहेको छ ।

कुन कम्पनीको कति ?

सिभिल बैंक

सिभिल बैंकले अहिले संस्थापक सेयर र सर्वसाधारण सेयर धमाकम विक्री भैरहेको छ । बैंकले ३२, ४४, ६००, २५ कित्ता संस्थापक   र ९, ९२, ८१९.५० कित्ता सर्वसाधारण  सेयर विक्री गरेको हो ।

लगानीकर्ताले फागुन २३ गतेदेखि चैत १ गते अर्थात आजसम्म आवेन नि सक्नेछन् । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

प्रुडेन्सियल इन्स्योरेन्स

यस इन्स्योरेन्स कम्पनी लिमिटडेको १२,५०६ सर्वसाधारण कित्ता विक्री खुल्ला भैरहेको छ । इच्छुक लगानीकर्ताले फागुन २८ गतेदेखि चैत्र ५ गतेसम्म आवेदन दिन सक्नुहुनेछ

। यस कम्पनीको बोलकवोल सेयर विक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटलले काम गरिरहेको छ ।

गण्डकी विकास बैंक

गण्डकी विकास बैंकले सस्थापक सेयर र सर्वसाधारण सेयर आजदेखि धमाधम विक्री खुल्ला गरेको छ । बैंकले संस्थापक १,३०,७१६.९० कित्ता र सर्वसाधारण २,२२,१८४.६० कित्ता सेयर बोलकबोलमा राखेको हो ।

लगानीकर्ताले चैत्र १ देखि चैत्र ८ गतेसम्म आवेदन दिन सक्नेछन् । यस कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिट लिमिटेड रेहेको छ ।

रिलायन्स फाइनान्स

यस फाइनान्सले संस्थापक र सर्वसाधारण सेयर बोलकबोलमा राखेको छ । फाइनान्सले संस्थापक ५,४२,३१४.५२ कित्ता र सर्वसाधारण १,१०,६२६ कित्ता सेयर विक्री खुल्ला गरेको छ ।

लगानीकर्ताले चैत्र १ गतेदेखि चैत्र ८ गतेसम्म आवेदन दिन सक्नुहुनेछ । यसकालागि फाइनान्सले सनराइज क्यापिटल लिमिटेडलाई विक्री प्रवन्धमा नियुक्त गरेको छ ।   

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको