प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषदमा दुई नयाँ मन्त्री नियुक्त गरेका छन्। उनले उद्योग मन्त्रीमा गौरी कुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादवलाई जिम्मेवारी दिएका हुन्।
गौरी कुमारी यादव महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन्। रामजी यादव भने सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन्। उनले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई पराजित गरेर संसद् प्रवेश गरेका थिए । यसअघि प्रधानमन्त्री शाहले पदीय मर्यादा दुरुपयोग गरेको आरोप लागेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाएका थिए।
उद्योग मन्त्रालय भने सरकार गठन भएदेखि नै प्रधानमन्त्री शाहले आफैंसँग राखेका थिए। त्यसैगरी उनले रक्षा मन्त्रालयको जिम्मेवारी पनि हालसम्म आफैं सम्हाल्दै आएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस