नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले गर्ने कामका आधारमा कांग्रेसले संसदमा आफ्नो भूमिका तय गर्ने बताएका छन्। आज भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले कांग्रेस प्रमुख प्रतिपक्षी दलको रूपमा रहेको उल्लेख गर्दै सरकारले अघि बढाउने सकारात्मक काममा समर्थन र सहयोग रहने स्पष्ट पारे।
उनले भने, 'जनता, लोकतन्त्र, जनजीविका, सुशासनको पक्षमा सरकारले गरेका कामहरुप्रति कांग्रेसको कुनै पनि असहयोग रहँदैन ।' फरक प्रसङ्गमा बोल्दै उहाँले कांग्रेसले संसदीय दलको नेता आन्तरिक रुपमा सर्वसम्मत गर्न खोजिएको भए पनि यो प्रयास असफल भएको उनले बताए। सर्वसम्मत या निर्वाचन प्रक्रियाबाट टुङ्याउने गरी वैशाख ४ गते संसदीय दलको नेता चयन हुने उनको भनाइ छ ।
पार्टीभित्र एकता कायम गर्दै अघि बढ्न अहिलेको नेतृत्वको चाहना रहेको उनले बताए । अहिलेको समस्याको समाधान १५औँ महाधिवेशन भएको भन्दै उनले अब अधिवेशन तिर लागौँ अदालत तिर होइन भने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस