Like us!
Follow us!
Connect us!
Watch us!
चुक्ता पूँजी ५ करोड भएको क्रेडिट एनेलिसिस एण्ड रिसर्च लिमिटेडले काम थाल्ने

नयाँ क्रेडिट रेटिङ्ग संस्था खोल्ने अनुमति

आइतबार, २६ मंसिर २०७३, १६ : ०४ मा प्रकाशित

नयाँ क्रेडिट रेटिङ्ग संस्था खोल्ने अनुमति

  अर्थ संसार
काठमाडौं–धितोपत्र बोर्डले क्रेडिट रेटिङ्ग गर्ने नयाँ संस्था स्थापना गर्न सहमति दिएको छ । भारतको मुम्बइस्थित क्रेडिट एनेलिसिस एण्ड रिसर्च लिमिटेडलाई सहमतिपत्र प्रदान गरेको बोर्डले जनाएको छ । उक्त कम्पनीको चुक्ता पूँजी ५ करोड रुपैयाँ हुने छ ।

क्रेडिट रेटिङ्ग नियमावली वमोजिम क्रेडिट रेटिङ्ग व्यवसाय गर्न चाहने कम्पनीको चुक्ता पूँजी कम्तिमा दुई करोड रुपैयाँ हुनुपर्छ । उक्त कम्पनीको ५१ प्रतिशत सेयर क्रेडिट एनालाइसिस एन्ड रिसर्च लिमिटेड मुम्बइले लिने प्रस्ताव गरेको छ । बाँकी सेयर नेपाली व्यवसायीहरु एवं संगठित संस्थाहरुले किन्ने भएका छन् ।

उक्त कम्पनीले नेपालमा क्रेडिट रेटिङ्ग व्यवसाय गर्नको लागि प्रचलित कानुनवमोजिम कम्पनी स्थापना गर्नुपर्छ । यसरी स्थापित कम्पनीले क्रेडिट रेटिङ्ग व्यवसाय गर्ने अनुमतिपत्रको लागि वोर्डमा निवेदन दिनु पर्ने प्रावधान छ ।
सार्वजनिक रुपमा धितोपत्र निष्काशन गर्न चाहने कम्पनीहरुको क्रेडिट रेटिङ गराउनु पर्छ । लगानीकर्ताहरुलाई धितोपत्रमा लगानी गर्नुअघि निर्णय लिन यसले सघाउँछ । नेपालमा एक मात्र क्रेडिट रेटिङ्ग कम्पनी कार्यरत छ ।

यो पढ्नु भयो ? 

देव विकास बैंकले दिने भयो १४ प्रतिशत बोनस

शिखरको बोनसपछि समायोजित मूल्य कति ?

सगरमाथा फाइनान्सको समायोजित मूल्य २७६ रुपैयाँ

नेपाल एसविआइ बैंकले पनि खोल्यो मचेन्ट बैंकर कम्पनी, धितोपत्र बोर्डले दियो अनुमति

फ्याँकिएका प्लास्टिकबाट बने यस्ता सुन्दर कला, वातावरण जोगाउन जापानी कलाकारले सिकाइन् यस्तो सीप

पुष्पालाई सिएनन सुपर हिरो बनाउने अबसर, भोलिसम्म मत दिन पाइने, कसरी दिन सकिन्छ भोट ?

बैदेशिक रोजगारको कहरः श्रीमतीले अर्कै

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको