Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एसियाको बचतमा १० र मुद्धतीमा १२ व्याजदर बन्द हुँदै, सुरक्षित गर्ने आज अन्तिम दिन

शुक्रबार, ०२ चैत्र २०७४, ०८ : २५ मा प्रकाशित

एनआइसी एसियाको बचतमा १० र मुद्धतीमा १२ व्याजदर बन्द हुँदै, सुरक्षित गर्ने  आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं–  एनआईसी एसिया बैंकले संचालनमा ल्याएको समुन्नती प्लस बचत खाता (ब्याजदर १० प्रतिशत) र १बर्षे धनबर्षा मुद्धती खाता (ब्याजदर १२ प्रतिशत) चैत २ गते अर्थात शुक्रबार सम्म खोल्न सकिने छ । यो योजना चैत्र ३ गतेदेखि बन्द हुने भएको छ ।

बैंकर्स संघको निर्धारित व्याजदरलाई वेवस्था गर्दै व्याजदर बढाएको भन्दै संघ र एनआईसी एसिया विच चरम विवादमा पुगेको थियो ।

उक्त विवालाई सोमबार राष्ट्र बैंकको मध्यस्थतापछि बैंकले चैत २ गतेदेखि लागू हुनेगरी बचतमा ८ र मुद्धती खातामा ११ प्रतिशतमा झार्ने भएको हो ।

‘हालै सृजित असहज परिस्थितीले गर्दा उपरोक्त उल्लेखित दुवै योजनाहरुलाई ग्राहक महानुभावहरुको प्रचुर लोकप्रियताको बाबजुद पूर्वनिर्धारित योजना बमोजिम निरन्तरता दिन असमर्थ भएकोमा सोबाट आमग्राहक महानुभावहरुमा पर्न गएको असुविधाका लागि बैंक क्षमाप्रार्थी छ ।

’सहायक प्रमुखकार्यकारी अधिकृत (सुचनाअधिकारी) सुधिर नाथ पाण्डेले भन्नुभयो– ‘लाखौं ग्राहकमहानुभावहरुलाई उत्कृष्ट, सरल एवं सुलभ बैकिङ्ग सेवाप्रदान गरी वहाँहरुको सर्वाङ्गिण आर्थिक समृद्घिकालागि एक उत्कृष्ट बैंक पनि साथीपनिबन्ने हाम्रो महाअभियानमाहामी सदा प्रतिवद्ध छौं ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको