टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणमा निष्कासन गरेको आईपीओ आज बाँडफाँड गरेको छ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि फागुन २७ गतेदेखि चैत १ गतेसम्म कुल ३ लाख ३ हजार ६७ कित्ता सेयर बिक्रीमा ल्याएको थियो। बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार उक्त निष्कासनमा ८५ हजार २ सय १८ जना नेपाली श्रमिकहरूले आवेदन दिएका थिए । जसमा ३० हजार ३ सय ६ जनाले सेयर पाएका छन् । सेयर पाएका मध्ये ७ जनाले ११ कित्ता सेयर पाएका छन् भने अरुले १० कित्ताको दरले सेयर पाएका छन् ।
त्यस्तै कम्पनीले आयोजना प्रभावित भोजपुर जिल्लाका स्थानीयलाई १२ लाख कित्ता सेयर निष्काशन गरेको थियो। यस निष्काशनमा १३ हजार ५ सय ३६ जनाको आवेदन परेको थियो। जस मध्ये स्थानीयतर्फ ९० कित्तासम्म आवेदन दिनेले माग गरे बमोजिम कै सेयर पाएका छन् । १०० कित्तादेखि ५० हजार कित्तासम्म आवेदन दिनेले ९० कित्ता सेयर पाएका छन् । सेयर पाउने मध्ये गोलाप्रथाबाट ५ हजार ३ सय ३३ जनाले थप १० कित्ता सेयर पाएका छन्।
अब कम्पनीले सर्वसाधारणलाई २५ लाख १५ हजार ४ सय ५५ कित्ता सेयर निष्काशन गर्ने छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस