Like us!
Follow us!
Connect us!
Watch us!

चिकित्सक संघको दबाबपछि पछि हट्यो सरकार,अस्पतालमा आइतबार ओपीडी सेवा बन्द हुने

अर्थ संसार

शुक्रबार, ०४ बैशाख २०८३, १४ : ३० मा प्रकाशित

चिकित्सक संघको दबाबपछि पछि हट्यो सरकार,अस्पतालमा आइतबार ओपीडी सेवा बन्द हुने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालहरूमा पुनः आइतबार बिदा दिने निर्णय गरेको छ।

यसअघि दुई दिन बिदा दिँदा बिरामीलाई समस्या हुने भन्दै मन्त्रालयले आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न आग्रह गरे तापनि चिकित्सक संघको असहमतिपछि सरकार पुरानै निर्णयमा फर्किएको हो। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हप्तामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन गर्दा स्वास्थ्य सेवामा अवरोध नहुने स्पष्ट पारेको छ। बिदाको दिनमा पनि बिरामीको रेखदेखका लागि आकस्मिक  र अन्तरंग सेवाहरू भने २४ सै घण्टा सुचारु रहने मन्त्रालयले जनाएको छ।

विज्ञप्तिमा भनिएकाे छ,’नेपाल सरकार मन्त्रिपरिषद्‌को निर्णयानुसार मिति २०८२ चैत्र २२ गते राजपत्रमा प्रकाशित सूचना बमोजिम शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागु भएको सन्दर्भमा स्वास्थ्यकर्मीहरूको मनोबल र हितलाई ध्यानमा राख्दै बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न, सरकारको ‘हप्तामा दुई दिन सार्वजनिक बिदा को नीति अनुरूप आइतबारका पूर्व निर्धारित शल्यक्रिया लगायतलाई बिरामीको सहजता हेरी रिसेड्युल गरी अन्तरंग र आकस्मिक सेवाहरू सधैझै २४ सै घण्टा सुचारु रहने जानकारी गराईन्छ ।’

मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार, आइतबारका लागि तय गरिएका शल्यक्रिया (ओटी) लगायतका स्वास्थ्य सेवाहरू बिरामीको सुविधालाई ध्यानमा राख्दै नयाँ मितिमा पुन: तालिका गरिने भएको छ। यदि कुनै अस्पतालमा सेवा उपलब्ध हुन नसकेमा बिरामीलाई नजिकैको उपयुक्त स्वास्थ्य संस्थामा सहज रूपमा पठाउने (रेफर गर्ने) व्यवस्था मिलाउनुका साथै एम्बुलेन्स सेवालाई हरदम तयारी अवस्थामा राखिनेछ। बिदाका दिनमा समेत उपचार प्रक्रियामा कुनै अवरोध नआओस् भन्नका लागि मन्त्रालयले अस्पतालहरूलाई आवश्यक सेवा सुचारु राख्न निर्देशन दिएको छ। साथै, उपलब्ध सेवाहरूबारे सर्वसाधारणलाई जानकारी गराउन वेबसाइट र सूचना पाटीको प्रभावकारी प्रयोग गर्न समेत आग्रह गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको