Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया लघुवित्तले लाभांश वितरण नगर्ने

अर्थ संसार

सोमबार, ०७ बैशाख २०८३, १० : २७ मा प्रकाशित

एनआईसी एशिया लघुवित्तले लाभांश वितरण नगर्ने

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको वैशाख ४ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरणमा नियमनकारी निकायको निर्देशन बमोजिम छुट्याउनु पर्ने रकमहरूको व्यवस्था गरे पश्चात् संस्थाको वित्तीय अवस्था थप सुदृढ र सवलीकरण गर्दै लैजाने उद्देश्यले संस्थाको सेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साथै बैठकले सोही बमोजिमको गत आर्थिक वर्षको वित्तीय विवरणहरू वार्षिक साधारणसभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा स्वीकृतार्थ पेश गर्ने निर्णय पनि गरेको कम्पनी सचिव दिपित श्रेष्ठले जानकारी दिएका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको